
काठमाडौं । पार्टी विधानका विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ । बैठकस्थलमा सञ्चारकर्मीहरुलाई जान दिइएको छैन । बैठक हलबाहिर समेत फोटो पत्रकारलाई जान दिइएको छैन । सुरक्षाका कारण भन्दै केन्द्रीय सदस्य बाहेक अरु सबैलाई बाहिर सडकमै रोकिएको छ ।

फोटो पत्रकार तथा अन्य सञ्चारकर्मीहरु सडकमै धुलो खाँदै समाचार संकलन गरिरहेका छन् । अरु बेला बैठक हलबाहिर सम्म जान दिने गरिएको थियो ।

Facebook Comments