Nepal Purbadhar

सातदोबाटोमा ‘हाइ पर्फमेन्स सेन्टर’ र ‘स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’को उद्घाटन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको नेसनल हाइ पर्फमेन्स सेन्टर र नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टरको उद्घाटन गरेका छन् ।

परिसरभित्र निर्माण गरिएको नेसनल हाइ पर्फमेन्स सेन्टर ७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिउको छ । उक्त हलमा एकै पटकमा १ सय जनासम्म खेलाडीलाई प्रशिक्षण गर्न सकिने सुविधा रहेको छ भने ४ हजार ९६ स्क्वायर फिट क्षेत्रफलमा फैलिएको जिम हलसमेत रहेको छ ।

साथै, महिला र पुरुषका लागि छुट्टाछुट्टै कपडा फेर्ने कोठादेखि बाथरुम, लकर रुम, भण्डारण कक्षलगायतका सेवा सुविधासमेत यहाँ रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले स्थापना गरेका दुवै संरचना खेलाडीलाई आधुनिक प्रविधिको प्रयोग गरी प्रशिक्षण दिनेदेखि खेलाडीको शारीरिक क्षमता र संरचनाबारे अध्ययन गर्नका लागि स्थापना गरिएको बताइएको छ ।


Read Previous

सरकारले मितेरी पुल पुन: सञ्चालनमा ल्याउन चीनसँग सहयोग माग्ने

Read Next

माओवादी बैठक पेरिसडाँडामा सुरु

Nepal Purbadhar