
काठमाडौं । देशको केन्द्रीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौंडा पुग्ने सडक अहिले कतै बिजोग अवस्थामा छ त कतै पिच भएको छ । फर्पिङ-हुमाने खण्डमा ठाउँ ठाउँमा बाटो बिग्रिएको छ भने मर्मतको काम पनि जारी छ ।

हुमानेदेखि फाखेलसम्म भर्खरै पिच भएको छ । फाखेलदेखि तल पिचको तयारी भइरहेको छ । महालक्ष्मी खोलामा पुल बनाउने काम भइरहेकोले एकदमै हिलो छ । त्यहाँबाट कटेपछि कतै ढलान र कतै ग्राभेल गर्न तयारी अवस्थामा रहेको छ ।

कुलेखानीदेखि हेटौंडासम्म बाटो राम्रो भए पनि फर्पिङ-हुमाने खण्डमा ठाउँ ठाउँमा सडक बिग्रिएको छ ।