Nepal Purbadhar

वर्ल्ड लिंकले एक वर्षमा गर्यो ११ अर्बको व्यापार


काठमाडौं । वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेडले एक वर्षमा ११ अर्बभन्दा धेरैको व्यापार गरेको छ । 

कम्पनीले २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो । 

कम्पनीले २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । ०२३ मा कम्पनीको व्यापारमा थप बृ्द्धि भएर १० अर्ब ३३ करोड २० लाख पुगेको थियो । २०२४ मा भने कम्पनीको व्यापार ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको व्यापारमा बृद्धि भइरहँदा मार्जिनमा भने केही कमि आएको छ । कम्पनीको पिबिआइएलडिटी मार्जिन (ब्याज, लिज, मूल्यह्रास र कर तिर्नु अघि को नाफा) २०२२ मा ३१.८८ प्रतिशत थियो । २०२३ मा यसमा केही बृद्धि भएर ३३.४५ प्रतिशत पुगेकोमा २०२४ मा फेरि यसमा केही गिरावट भएर मार्जिन ३१.४५ प्रतिशतमा सीमित भएको छ । 

सन् १९९६ मा खुलेको वर्ल्ड लिंक कम्युनिकेसन लिमिटेड नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदयाकहरुमध्येमा पर्छ । कम्पनी सन् २०१९ बाट पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । हाल कम्पनीको बोर्डमा पाँच जना रहेका छन्, जसको अध्यक्षता दिलिप अग्रवालले गरेका छन् । 

हालका लागि भने कम्पनीले ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीलाई २ अर्ब १९ करोड ६० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि ए र १ अर्ब ७५ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए टु प्लस रेटिङ दिएको छ । 


Read Previous

राप्रपा सांसदले आइतबारको संसद बैठकको भत्ता नलिने

Read Next

डङफेङ ब्रान्डका गाडी बेच्ने त्रिवेणी मेटोकर्पको व्यापार १३ करोड ४० लाख