
काठमाडौं । रातो बंगला स्कुल प्रालिको व्यापारमा बृद्धि भएको छ । २०२४ मा कम्पनीको व्यापार ६७ करोड ८० लाख रुपैयाँ भएको हो ।
यसअघिका वर्षहरुमा कम्पनीको व्यापार हरेक वर्ष बृद्धि हुँदै आएको छ । २०२० मा ३६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले २०२१ मा २८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२२ मा यो स्कुलले ४१ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।
त्यस्तै, कम्पनीले २०२३ मा ५५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।
नेपालको महंगोमध्येमा पर्ने रातो बंगला स्कुल सन् १९९९ मा खुलेको हो । हाल उक्त सकुलमा कक्षा १० सम्मको पढाईका साथै ए लेभलको पनि पढाई हुन्छ । चार जनामा बराबर सेयर स्वामित्व रहेको यो कम्पनीको बोर्ड अध्यक्षमा भने शान्ता दिक्षित रहेकी छिन् ।
हाल पाटन ढोकामा स्कुलले सञ्चालन गरिरहेको ए लेभलको पढाईका लागि हात्तिबन ललितपुरमा पुर्वाधार बन्दै छ । त्यसका लागि कम्पनीले ८० करोडको कर्जा लिने भएको छ । जसमा सम्पुर्ण कर्जा दीर्घकालिन कर्जा सुविधा रहेका छन् । रेटिङ एजेन्सी ईक्रा नेपालले कम्पनीलाई त्रिपल बि माईनसको रेटिङ दिएको छ ।