
काठमाडौं । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्याकाके मुहार फेर्ने योजनासहितको बजेट ल्याएको छ ।
आर्थिक वर्ष ०८२/८३ का लागि सरकारले शहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड रुपैयाँ विनियोजन भएकोमा नयाँ आवका लागि बजेट बढेर १ खर्ब १८ अर्ब ३४ करोड विनियोजन गरिएको छ । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले नेपाली कांग्रेसबाट अहिले सरकारको नेतृत्व गर्दै शहरी विकास मन्त्रालय सम्हालेका थिए ।
शहरी विकास मन्त्रालयले उपत्यकाको मुहार फेर्ने योजनासहितको कार्यक्रम बजेटमा समावेश गरेको छ । शहरी विकास मन्त्रालयले देशकै संघीय राजधानी काठमाडौं उपत्यकाको नदी स्वच्छता,पार्क निर्माण, कोरिडोर सडक स्तरोन्नती, ढल व्यवस्थापनलाई प्राथमिकता दिएको छ । शहरी विकास मन्त्रालयले अघि सारेका योजना सम्पन्न हुँदा काठमाडौंको ट्राफिक जाम व्यवस्थित हुने, हरियाली प्रवद्र्धन हुने,नदि सफा हुने र ढल व्यवस्थापन हुनेछ ।
यी हुन् काठमाडौंको मुहार बदल्ने योजना
-बागमती,विष्णुमति,मनोहार,धोविखोलासहित उपत्यकाको नदि स्वच्छता र कोरिडोर विस्तारका लागि ३ अर्ब ४२ करोड विनियोजन
-नयाँ बानेश्वर,कलंकी र पुतलिसडकमा लिफ्टसहितको आकाशेपुल बन्ने
-ललितपुरमा नख्खु खोला करिडोर निर्माणका लागि ६ करोड विनियोजन
-काठमाडौंको पर्यटकीयस्थल जहरसिंहपौवामा स्टेडियमका लागि २० करोड विनियोजन
-काठमाडौं उपत्यकाको ईशान, आग्नेय, तारकेश्वर र डुकुछापमा जग्ग विकास आयोजना
-काठमाडौं ७ मा हरियाली प्रवद्र्धनसहितको आधारभूत पर्यटक पार्कका लागि ३ करोड विनियोजन
-पशुपतिनाथ,बुढानिलकण्ठ,स्वयम्भु र दक्षिणकाली मन्दिर क्षेत्रमाउत्सर्जन हुने फोहोरमैला व्यवस्थापन मापदण्ड,उपाय सिफारिका लागि २ करोड २५ लाख विनियोजन