
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानले गरेको कार्यक्रममा सरकारले बजेटमा व्यवस्था गरेको टेक एण्ड पे पीपीएको प्रावधानको विरोध गरेको छ ।
बिहीबार आयोजना भएको उर्जा उत्पादकहरुको भेला कार्यक्रममा सरकारले आगामी वर्षको बजेटमार्फत टेक एण्ड पे पीपीएको व्यवस्था गरेको विषयमा विरोध गर्दै इप्पानले कालो ब्यानर राखेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट सार्वजनिक गर्दै नदी प्रवाही आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) टेक एण्ड पेमा गरिने बताएका थिए।