
काठमाडौं । सरकारले आगामी वर्षको बजेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बिनियोजन गरेको छ ।
आव २०८२/०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
आन्तरिक विमानस्थलको पूर्वाधार विकासका लागि ५० करोड बिनियोजन गरेको छ ।
उडान चाप कम भएका विमानस्थलको वैकल्पिक प्रयोग योजना बनाइने पनि बजेटमा उल्लेखमा छ । नीजि क्षेत्रसँगको सहकार्यमा यस्ता विमानस्थललाई हवाई प्रशिक्षणदेखि अन्य किसिमका उडानसँग सम्बन्धित कार्यको अभ्यासका लागि प्रयोग गरिने गरि विकास गर्ने बजेटमा उल्लेख छ ।
साथै, नेपालमा हवाई सेवा सञ्चालन गरिरहेका हवाई कम्पनीलाई भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उडान गर्दा सहुलियत दिईने बजेटमा उल्लेख रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्नु परेमा त्यसको सम्भाव्यता अध्ययनलाई विशेष प्राथमिकतामा राखिने कुरा पनि बजेटमा उल्लेख रहेको अर्थमन्त्री पौडेलले बताए ।