Nepal Purbadhar

४७ खर्ब ६६ अर्ब लगानी स्वीकृत 


काठमाडौं । चालु आर्थिक वर्षको फाल्गुन महिनासम्म नेपालमा ४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रतिनिधिसभामा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार  उद्योग विभागबाट रु.३२ खर्ब ४८ अर्ब र लगानी वोर्ड नेपालबाट रू.१५ खर्ब १८ अर्ब गरी २०८१ फागुनसम्म रू.४७ खर्ब ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ।

त्यस्तै, चालु आर्थिक वर्षको फागुनसम्म रू.४४ अर्ब ६६ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ। यस्तो स्वीकृत लगानी गत आर्थिक वर्षको सोही अवधिमा रु.२९ अर्ब १३ करोड रहेको थियो। २०८१ फागुनसम्म रू. ५ खर्ब ६४ अर्ब ५९ करोड बराबरको विदेशी लगानी स्वीकृत भई ३ लाख ३९ हजार ६ सय ७५ रोजगारी सिर्जना भएको अनुमान सर्वेक्षणमा गरिएको छ ।


Read Previous

आर्थिक सर्वेक्षण सार्वजनिक: आर्थिक बृद्धिदर ४.६१ प्रतिशत, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब (पूर्णपाठ)

Read Next

२० लाख ७९ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा सूचिकृत, रोजगारदाता कति?