
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले करिब ५ हजार मेगावाट जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खोलेको छ ।
प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४ हजार ९६५ मेगावाटका आयोजनाको पीपीए खोलेको हो ।
प्राधिकरणले १० मेगावाटभन्दा बढी क्षमताका विभिन्न प्रारुपका आयोजनाहरुको ग्रीड कनेक्सन एग्रीमेन्टको प्रावधान अनुसार पीपीए खोल्ने निर्णय गरेको हो । प्राधिकरणले त्यस्ता ५४ प्रवर्धकलाई ३० दिनभित्र आउन आग्रह गरेको छ।

फागुन १२ गतेसम्म ग्रीड कनेक्सन एग्रीमेन्ट भएका कम्पनीहरुले पीपीए गर्न पाउनेछन् ।
ppa