Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

चितवनमा चालू वर्षमा ७ मोटरेवल पुल निर्माण   


नारायणगढ । चालू आर्थिक वर्षमा डिभिजन सडक कार्यालय भरतपुरमार्फत निर्माण सम्झौता भएका सात मोटरेवल पुलको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएका पुलमा २० मिटरदेखि दुई सय मिटरसम्मका मोटरेवल दुई लेनका पुल रहेका छन् ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार यस आर्थिक वर्षमा चितवनमा छ र नवलपुरमा एक पुलको निर्माण सम्पन्न भएको हो । उनले यस वर्ष ठूला पुलमध्येका चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण सम्पन्न भएको बताएइ ।

२० करोड रुपैयाँ लागतको पुलको २०७१ मा सम्झौता भएको र पटक–पटक म्याद थप्दै नौ वर्षपछि गत पुसमा मात्र निर्माण सम्पन्न भएको उनकाे भनाइ थियो । शाहका अनुसार निर्माण सम्पन्न भएका अन्य पुलमा चितवनको खैरहनी नगरपालिका–६ नमूना पेट्रोल पम्प नजिकको पम्फा खोला पुलको निर्माण यस वर्ष सम्पन्न भएको छ । ४ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको सो पुलको २०७३ असारमा निर्माण सम्झौता भएको थियो ।

त्यस्तै, चितवनको राप्ती–६ र १० जोड्ने पम्फा खोला पुलको पनि यस वर्ष निर्माण सम्पन्न भएको छ । २०७५ जेठमा निर्माण सम्झौता भएको सो पुलको यस वर्ष निर्माण सकिएको सूचना अधिकारी शाहले जानकारी दिनुभयो । सो पुलको लागत ४ करोड रुपैयाँ छ ।

त्यसैगरी, ढुङ्ग्रे खोला कठार चितवनको पुलको यस वर्ष निर्माण सम्पन्न भएको छ । २०७५ जेठमा सम्झौता भएर यस वर्ष कठार पुलको निर्माण सकिएको इन्जिनियर साहले बताए । याे पुलको लागत ४ करोड ५० लाख रुपैयाँ रहेको छ ।

चितवनकै इच्छाकामना गाउँपालिकामा पर्ने थाङ खोलामा पनि यस वर्ष नयाँ पुल बनेको छ । सम्झौता भएको मितिले २ वर्षमा निर्माण सम्पन्न सो पुलको बजेट ४ करोड ५० लाख रुपैयाँ रहेको छ । “थाङखोला पुल अब छिट्टै सञ्चालनमा आउँछ,”उनले भने ।

भरतपुर महानगरपालिकामा पर्ने केरुङ्गा खोलाको पुलको पनि यस वर्ष निर्माण सम्पन्न भएको छ । साहका अनुसार रु चार करोडमा निर्माण सम्झौता भएको सो पुल तीन वर्षमा निर्माण सम्पन्न भएको हो । कार्यालयमार्फत यस वर्ष पूर्वी नवलपरासीमा पर्ने गैँडाकोट नगरपालिका–१३ र १६ जोड्ने अभिछेक खोलाको पुल पनि निर्माण सम्पन्न भएको छ । ५ करोड १७ लाख रुपैयाँमा निर्माण भएको सो पुलको २०७८ मा निर्माण सम्झौता भएको थियो ।

सूचना अधिकारी साहले यस वर्ष नयाँ पुलको योजना नरहेकोे र रातो किताब आएपछि आगामी आर्थिक वर्षका योजनाहरुको जानकारी प्राप्त हुने बताए । कार्यालयको कार्य क्षेत्र चितवन र नवलपरासी (सुस्ता पूर्व) पर्दछ ।


Read Previous

मध्यमर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत उत्पादन सुरु   

Read Next

ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा लगानी प्रवर्द्धन गर्न केयु र भिरकबीच समझदारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *