Nepal Purbadhar

शुक्रबार, असार ७, २०८१
Friday, June 21, 2024

शुक्रबार, असार ७, २०८१
Friday, June 21, 2024

ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा लगानी प्रवर्द्धन गर्न केयु र भिरकबीच समझदारी


काठमाडौं । नेपालमा ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा लगानी प्रवद्र्धन गर्न काठमाडौं विश्व विद्यालय (केयु) र भिरक एण्ड कम्पनी प्रालिबीच सझदारी भएको छ । केयुको ग्रीन हाइड्रोजन ल्याब र भिरक एण्ड कम्पनीबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार केयु र भिरक एण्ड कम्पनीले संयुक्तरूपमा ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादन तथा बिक्री वितरणलाई आर्थिक एवं प्राविधिक हिसाबले सम्भाव्य र नाफामुखी कसरी बनाउने भन्नेसम्बन्धमा काम गर्ने ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले बताए ।

उनले केयुसँग ग्रीन हाइड्रोजन उत्पादन सम्बन्धि प्राविधिक ज्ञान भएको हुँदा व्यापारिक उत्पादन गर्नका लागि लगानी गर्न आउने निजी कम्पनीलाई आवश्यक कार्यमा सहजीकरण तथा पहल गर्न समझदारी अनुसार काम गरिने बताए ।

‘कुन अवस्थामा ग्रीन हाइड्रोजन उद्योग स्थापना गर्दा आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य र नाफामुखी हुन्छ ? एवं कसरी ग्रीन हाइड्रोजनका आयोजनालाई बैंकले लगानी गर्न सक्ने बनाउने ? भन्ने सम्बन्धमा धेरै काम हुन बाँकी नै छ,’ उनले भने, ‘हामीले भिरकसँग मिलेर नेपालमा अब ग्रीन हाइड्रोजनलाई प्रयोगात्मकबाट प्यापारिक उत्पादनमा लगानी बढाउन सहयोग पुग्ने गरी काम गर्न यो समझदारी भएको छ ।’

उनले ग्रीन हाइड्रोजनमा लगानी गरी व्यापारिक उत्पादन गर्दाका चुनौतीका सम्बन्धमा पनि अध्ययन गरिने बताए । केयुले लामो समयदेखि नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको सम्भाव्यताबारे अध्ययन अनुसन्धान तथा प्रयोगात्मक परीक्षणको काम गर्दै आएको छ ।

सरकारले केयुकै पहल तथा सहयोगमा ग्रीन हाइड्रोजन नीति २०८० जारी गरिसकेको छ । नयाँ आर्थिक वर्षको बजेटमा पनि ग्रीन हाइड्रोजनको उत्पादन तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ ।

भखरै ग्रीन हाइड्रोजन सम्बन्धि नीति मात्रै आएकाले ग्रीन हाइड्रोजन उत्पादन तथा बिक्री वितरण गर्नका लागि संस्थागत संरचना स्थापना गर्ने लगायत थुप्रै काम गर्न बाँकी रहेको थापाले बताए ।

भिरक एण्ड कम्पनी पनि नेपालको ऊर्जा क्षेत्रको विकासमा लामो समयदेखि नीतिगत र वित्तीय रणनीतिकारकोरूपमा काम गर्दै आइरहेको छ ।


Read Previous

चितवनमा चालू वर्षमा ७ मोटरेवल पुल निर्माण   

Read Next

साम्तुङ-सोता सिँचाइ आयोजनाको पक्की नहर निर्माण   

Leave a Reply

Your email address will not be published.