Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दमक सहरभित्रकाे अव्यवस्थित तार र बिजुलीका पोल हटाईँदै   


दमक । दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केवल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले बताए ।

उनका अनुसार प्राधिकरणले आफ्नो स्वामित्वका विद्युतीय पोलमा टाँगिएका केवल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थित गर्न यो काम थालेको हो । प्राधिकरणले चार सय भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेन्टिमिटरको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ ।

त्यसैगरी, ४०० भोल्टको ‘इन्सुलेटेड’ तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसँग तारको दूरी ५.५ मिटर कायम गर्नुपर्ने प्राधिकरणले जनाएको छ । उनले तार हटाउने कार्यसँगै सडक मापदण्डअनुसार दुई सय ९० वटा पोल समेत हटाइने जानकारी दिए ।

अहिले ठूला पोल गाड्ने काम भएकाले सोही पोलमा अन्य कम्पनीका तारहरु सार्न लगाइएको उनले बताए । आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र सहरी सुन्दरता कायम राख्ने यो काम थालिएको उनकाे भनाइ छ ।

केवल, इनटरनेट, टिभीलगायत तारहरु नयाँ पोलमा सार्न नगरपालिकामार्फत व्यवसायीलाई अनुरोध गरिएको छ । “तोकिएको समयमा व्यवस्थापन गर्ने/नगराउने सेवा प्रदायकहरूको केबललगायत उपकरण नेपाल विद्युत् प्राधिकरण ऐन ०४१ बमोजिम प्राधिकरण आफैँले हटाउने र यसबाट हुनसक्ने नोक्सानी सम्बन्धित सेवा प्रदायक स्वयं जिम्मेवारी हुनुपर्ने यसअघि पटकपटक सूचना जारी गरिएकाले अहिले सोही अनुसार काम भइरहेको छ ,”उनले भने ।

११ केभी र ३३ केभी लाइनमा विद्युतकाे तार र अन्य तारबीचको दूरी दुई मिटर, चार सय भोल्टका उपकरण र तारबीचको दूरी ७५ सेमी हुनुपर्ने प्राधिकरणको नियमावलीमा उल्लेख छ । प्राधिकरणले राउटर, रिपिटर, एक्ट्र्याक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एकातर्फ क्रम मिलाएर नहल्लिने, नझर्ने गरी क्लिप ब्यान्डको प्रयोग गरी राख्न निर्देशन दिएको छ ।

दमक नगरपालिकाको पहलमा विद्युत् प्राधिकरणले बजारभित्रको विद्युत् आपूर्ति व्यवस्था गर्न सडकको दुवै किनारमा विद्युत् पोलसहितको तार जडान गर्ने काम भइरहेको दमक नगरप्रमुख रामकुमार थापाले बताए ।

विद्युतीय पोल प्रयोग गरी जथाभावी झुन्ड्याइएका उपकरणले सहरलाई कुरुप बनाएको उनकाे भनाइ छ । “आगलागीलगायत विद्युतीय दुर्घटना बढ्दै गएको र विद्युतीय सेवा अवरोध हुने भएकाले अव्यस्थित तार र पोल हटाउन थालिएको हो”, उनले भने, “अहिले दमक नगरका चोकबजारका तारहरु हटाउने कार्य सुरु भएको छ, अब नगरभरि यो अभियान चलाइन्छ ।”

दमकमा विभिन्न नाममा सञ्चालित ३२ वटा कम्पनीले तार जडानको काम गर्दै आएका छन् ।


Read Previous

वन कार्यालयसँग कुरा नमिलेपछि रुख कटान राेकिँदा तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण प्रभावित   

Read Next

तामाकोसी-५ आयाेजनाकाे सिभिल तथा हाइड्राेमेकानिकल वर्क्सकाे ठेक्का सिनो हाइड्राेलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *