Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

तनहुँमा २ वर्षमा निर्माण पूरा भए ७ पक्की पुल


दमौली । गण्डकी प्रदेशकाे तनहुँमा ७ वटा पक्की पुल निर्माण पूरा भएका छन् । प्रदेश सरकारकाे  गत र चालू आर्थिक वर्षकाे बजेटमा यी पक्की पुल निर्माण सम्पन्न भएका हुन् ।

गत आवमा ५ वटा र चालू आवमा २ वटा मोटरेबल पुल बनेकाे पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिइन् ।

त्यस्तै, ११ वटा पक्की पुल निर्माणाधीन छन् ।  निर्माणाधीन पुलका लागि २२ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन भएकामा ३ करोड २६ लाख २१ हजार रुपैयाँ खर्च भएको छ । चालू आवमा ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको उनले बताए ।

त्यस्तै, म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा ३० लाख रुपैयाँ लागतमा अर्को पुल बनाइएको छ । गत आवमा ५० लाख रुपैयाँ लागतमा भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा ५० लाख रुपैयाँ , ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा ३० लाख रुपैयाँ, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा ३० लाख रुपैयाँ, घिरिङ गाउँपालिका–१ द्रुपद खोलामा ३० लाख रुपैयाँ र आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा  ५० लाख रुपैयाँ लागतमा पुल बनेका हुन् ।

इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा रु चार करोडको लागतमा पुल निर्माणाधीन छ ।

शुक्लागण्डकी नगरपालिका–५ र ८ जोड्ने सेती नदीमा ३ करोड, बन्दीपुरस्थित खुदीखोलामा एक करोड, व्यास नगरपालिका–११ स्थित बुल्दीखोलामा एक करोड ५० लाख, शुक्लागण्डकी नगरपालिका–१० र भिमाद नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा एक करोड ५० लाख, म्याग्दे गाउँपालिका–४ मिन मावि पछाडि म्याग्देखोलामा एक करोड ७० लाख रुपैयाँ लागतमा पुल निर्माणाधीन छ ।
यसैगरी, भिमाद नगरपालिका–३ बुडुवाखोलामा रु ४० लाख, भिमाद नगरपालिका–५ स्थित बुडुवाखोलामा एक करोड, भिमाद नगरपालिका–१ डुम्रीवेँसीमा एक करोड ४० लाख र बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ जोड्ने तल्लो डुम्रेमा ५० लाख रुपैयाँ लागतमा पुल बनिरहेको छ ।


Read Previous

बुर्तिबाङ सबस्टेसनको निर्माण अन्तिम चरणमा,असारदेखि सञ्चालन गरिने   

Read Next

सहज छैन जलविद्युत र सौर्य ऊर्जाको कार्बन व्यापार

Leave a Reply

Your email address will not be published.