Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

बुर्तिबाङ सबस्टेसनको निर्माण अन्तिम चरणमा,असारदेखि सञ्चालन गरिने   


ढोरपाटन । १३२ केभी बुर्तिबाङ सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीसँग  जोड्न ५ वर्षअघि निर्माण सुरु भएको याे सबस्टेसन पूरा हुने चरणमा पुगेकाे हाे ।

याे सबस्टेसनले कपिलवस्तुको मोतिपुर–अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङलाई जाेड्नेछ ।      ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेसनको काम ८० प्रतिशत सम्पन्न भएको आयोजना’ प्रमुख मनोज चौधरीले बताए ।

याे सबस्टेसन अगामी असारमा परीक्षण गर्नेगरी निर्माण भइरहेको उनले बताए । उनले पौँदीअमराई सबस्टेसन पनि निर्माणकाे अन्तिम चरणमा पुगेकाे बताए । निर्माणाधीन गुल्मीको तम्घास सबस्टेसन पनि आगामी बैशाख १९ गते परीक्षण गर्ने गरी तयारी भइरहेकाे चाैधरीले बताए ।

“सबस्टेसन बनाउने र १३२ केभी प्रसारण लाइनकाे तार तान्ने काम धमाधम भइरहेकाे छ,” उनले भने, “असारसम्म कुनै प्राविधिक अवरोध नभए बुर्तिबाङ र पौँदीअमराई सबस्टेसन परीक्षण गर्ने योजना छ । निर्माण कम्पनीलाई पनि असारभित्रमा काम सम्पन्न गर्ने ठेक्का दिइएको हो । अब फिल्डको काम मात्रै बाँकी छ, पौँदीअमराई र बुर्तिबाङमा एकैपटक परीक्षण हुन्छ ।”

सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्र राष्ट्रिय  प्रसारण प्रणालीमा जोडिए पनि पश्चिम बागलुङमा अझै विद्युत पहुँच पुगेकाे छैन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाको पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ ।

अहिलेसम्म निसीखोला र तमानखोला भेग केन्द्रीय लाइनबाट जोडिएका छैनन तर प्राधिकरणले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका धेरै स्थानमा पोल गाड्ने र तार तान्ने काम गरिरहेको छ ।


Read Previous

तेस्राे लगानी सम्मेलनमा १२५ आयोजना ‘सोकेस’मा राखिने, ११ सय बढीलाई निम्ताे   

Read Next

तनहुँमा २ वर्षमा निर्माण पूरा भए ७ पक्की पुल

Leave a Reply

Your email address will not be published.