Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

जलविद्युत कम्पनीलाई सेयर निष्कासन अनुमति दिने प्रक्रियालाई गति दिन धितोपत्र बोर्डलाई पत्र


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत कम्पनीहरूको साधारण सेयर निष्कासन स्वीकृतिको प्रक्रियालाई गति दिन आग्रह गरेको छ । मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै बोर्ड अध्यक्ष विहिन भएपछि रोकिएको जलविद्युत कम्पनीहरूको प्राथमिक तथा हकप्रद सेयर निष्कासनको अनुमति दिने प्रक्रिया खुलाउन आग्रह गरेको हो ।

जलविद्युत कम्पनीहरुको रोकिएको प्राथमिक सेयर र हकप्रद सेयर निष्कासन खुलाउन बोर्डलाई आग्रह गरेको मन्त्रालयले माघ २५ गते बोर्डलाई लेखेको पत्रमा उल्लेख छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले प्राथमिक तथा हकप्रद सेयर निष्कासनको अनुमतिका लागि लामो समयदेखि बोर्डमा आवेदन पेश गरिएका जलविद्युत कम्पनीहरूले स्वीकृति पाउन नसकेपछि मन्त्रालयलाई यसबारे जानकारी गराएका थियो ।

इपानको पत्रका आधारमा दर्जनौं जलविद्युत कम्पनीहरू सेयर निष्कासनको अनुमतिका लागि पालो पर्खिरहेको हुँदा साधारण तथा हकप्रद सेयर तत्काल जारी गर्ने व्यवस्था गरिदिन मन्त्रालयको पत्रमा अनुरोध गरिएको छ ।

रमेश हमालको कार्यकाल सकिएपछि गत पुस २१ गतेदेखि बोर्ड अध्यक्षविहिन छ । बोर्डमा अध्यक्ष नहुँदा जलविद्युत कम्पनीहरूको सेयर निष्कासनको अनुमति लिने प्रक्रिया नै रोकिएको छ । अहिले निजी लगानीका १४ वटा जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनीले साधारण सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएर अनुमतिको पालो कुरिरहेका छन् । ७ वटा जलविद्युत कम्पनीले हकप्रद सेयर निष्कासनका लागि अनुमति पर्खिरहेका छन् ।


Read Previous

ऊर्जा क्षेत्रमा वैदेशिक लगानीको भावी दिशा

Read Next

क्यान इन्फोटेक मेलामा प्रविधिप्रेमीकाे घुँइचाे, सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड

Leave a Reply

Your email address will not be published.