Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

विकास आयोजनाका लागि ७ अर्ब ६४ करोड बजेट निकासा, ४ अर्ब ७६ करोड रकमान्तर   


काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ७ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ थप निकासा गरेको छ । अर्थ मन्त्रालयले  विभिन्न ८ वटा विकास आयोजना तथा कार्यक्रमका याे स्राेत निकासाकाे सहमति दिएकाे हाे ।

मन्त्रालयले ४ अर्ब ७६ करोड रुपैयाँ रकमान्तर पनि गरेकाे छ । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिसम्बन्धी विवरणअनुसार अर्थ विविध शीर्षकमा पछिल्लो ५ महिनामा २ अर्ब १ करोड ४ लाख ९४ हजार रुपैयाँ निकासा भएको छ । यो शीर्षकबाट गत भदौमा ७६ लाख ९९ हजार ७ सय ८० रुपैयाँ र असोज महिनामा १ करोड ६८ लाख ६८ हजार ४ सय ९० रुपैयाँ निकासा भएको छ ।

अर्थ विविध शीर्षकबाट कात्तिकमा २ करोड ७४ लाख ६३ हजार ९ सय ४० बराबर र मंसिरमा १ एक अर्ब ९५ करोड ८४ लाख ६२ हजार रुपैयाँ निकासा भएको तथा मंसिर मसान्तसम्ममा सरकारले ४ अर्ब ७६ करोड ३२ लाख १ हजार ९ सय बराबरको रकमान्तर गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार गत साउनमा  ५१ करोड १३ लाख, भदौमा ७५ करोड ५९ लाख ४८ हजार ९ सय र असोज महिनामा ३ अर्ब दुई करोड ६० लाख २७ हजार रुपैयाँ बराबर रकमान्तर भएको छ । कात्तिकमा ४३ करोड ९९ लाख २६ हजार रुपैयाँ र मंसिरमा ३ करोड बराबर रकमान्तर गरिएको छ ।

पछिल्लो ५ महिनामा पुँजीगततर्फ १ करोडभन्दा बढीको बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा १४ वटा योजना तथा कार्यक्रमका लागि रकमान्तर भएको छ । चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै निर्वाचन कार्यालयलाई खारेज गर्ने निर्णय गर्दै ती कार्यालयको बजेट कटौती गरेको थियो । त्यसको विरोध भएपछि सरकारले उक्त निर्णय फिर्ता लिएकाे थियो ।

त्यसरी, खारेज गर्ने निर्णय भएका निर्वाचन कार्यालयलाई साविकको अवस्थामा कायम गर्न सरकारले रकमान्तर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र, प्रमाणीकरण नियन्त्रकको कार्यालय, औद्योगिक पूर्वाधार विकास कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाली विकास तथा जैविक विविधता संरक्षण कार्यक्रम, केन्द्रीय कृषि प्रयोगशालालगायत निकायका लागि रकमान्तर गरेर बजेट दिइएको छ ।

उक्त अवधिमा बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमतिको अवस्था हेर्दा ८ अर्ब ९७ करोड ४८ लाख रुपैयाँ बराबरको स्रोत सुनिश्चितता दिइएको छ । अर्थ मन्त्रालका अनुसार गत मङ्सिरमा विभिन्न सातवटा आयोजना तथा कार्यक्रमका लागि  ७ अर्ब ६४ करोड ४८ लाख रुपैयाँ र कात्तिकमा एउटा आयोजनाका लागि एक अर्ब ३३ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ । गत साउनदेखि असोज महिनासम्ममा भने बहुवर्षीय ठेक्काको स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमतिका लागि अर्थ मन्त्रालयले कुनै निर्णय गरेको देखिँदैन ।

गत कात्तिकमा तिनपिप्ले–रानीपौवा सडक खण्डका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ अर्ब ३३ करोड रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ । त्यसैगरी, मंसिरमा डुम्रे–बेँसीसहर– चामे सडक आयोजना, सालझण्डी–सन्धीखर्क–ढोरपाटन आयोजना, कोशी करिडोर (बरुण–च्यामताङ सडकखण्ड), धनगढी–खुटिया–दिपायल सडक र गँगटे–लब्धु–समुद्रटारपाटी सडकका लागि स्रोत सहमति दिइएको छ ।

त्यस्तै, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेका लागि रक्षा मन्त्रालयलाई र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एक्स–रे मेसिन जडानका लागि अर्थ मन्त्रालयलाई पनि थप रकम उपलब्ध गराउने सहमति दिइएको छ । सरकारले गत साउनदेखि मङ्सिरसम्म विभिन्न दुईवटा शीर्षकमा आर्थिक सहायता दिएको छ ।

अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचार खर्चबापत भुक्तानीका लागि रू नौ लाख ९५ हजार नौ सय ३५ बराबर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निकासा गरेको छ ।

इजरायलमा आतङ्कवादी समूह आक्रमणमा ज्यान गुमाएका परिवारलाई सहायतास्वरुप प्रतिपरिवार १० लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउन एक करोड रुपैयाँ निकासा गरिएकाे छ ।


Read Previous

धौलागिरि आइसफल पदमार्गकाे प्रवर्द्धनमा युवाकाे सक्रियता

Read Next

ढलान हुने अवस्थाकाे इर्खुवाखोलामा निर्माणाधीन पुल भत्कियो   

Leave a Reply

Your email address will not be published. Required fields are marked *