Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

ढलान हुने अवस्थाकाे इर्खुवाखोलामा निर्माणाधीन पुल भत्कियो   


भोजपुर ।  षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । ठेकेदारले गुणस्तरीय काम नगर्दा षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्न निर्माणाधीन पुल सम्पन्न हुनु अगावै भत्किएकाे हाे ।

ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल बिहीबार भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ । स्थानीयले ठेकेदारको लापरवाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले ढलानका लागि छड राखिसकेको अवस्थामा पुल तल खसेको बताए । पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयले राखेका छन् ।

लापरवाहीका कारण यसअघि पनि भोजपुरकै दक्षिण क्षेत्र जोड्ने कावा खोलामा ५ करोड रुपैयाँ बढी लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मङ्सिरमा भत्किएको थियो । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने स्थानमा स्वीस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको थियो ।


Read Previous

विकास आयोजनाका लागि ७ अर्ब ६४ करोड बजेट निकासा, ४ अर्ब ७६ करोड रकमान्तर   

Read Next

प्राधिकरणमाथि नै प्रश्न उठ्न थालेपछि ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल उठाउन कडाइ गरेका हौं, अरु उद्योगको पनि आपूर्ति काट्छौं: कुलमान

Leave a Reply

Your email address will not be published.