काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी पछिल्लाे ३ वर्षमा २ गुणाभन्दा बढीले वृद्धि भएकाे छ ।महालेखापरीक्षकको लेखापरीक्षणले निगमकाे आम्दानी बढेकाे देखाएकाे हाे ।
प्रतिवेदनअनुसार निगमले आर्थिक वर्ष २०७९/८० मा २२ अर्ब २४ करोड १९ लाख ७८ हजार रुपैयाँ कूल आम्दानी गरेकाे छ । आम्दानीमा भएकाे याे वृद्धि पछिल्लाे ३ वर्षमा ११४ प्रतिशत भएकाे निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
महालेखाका अनुसार आर्थिक वर्ष २०७७/७८ मा निगमको कूल आम्दानी ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८ सय ४५ रुपैयाँ रहेकाेमा आव २०७८/७९ मा बढेर १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रुपैयाँ पुगेकाे थियाे ।
निगमकाे ३ वर्षकाे आम्दानी विवरण देखाइए पनि खर्चकाे विवरण उल्लेख गरिएकाे छैन । निगमले विगत ८ वर्षदेखि अन्तर्राष्ट्रियतर्फ ४ र आन्तरिकतर्फ २ जहाजबाट उडान भर्दै आइरहेकाे छ । उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले जारी गरेकाे विज्ञप्तीमा जनाइएकाे छ ।
हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले जनाएकाे छ ।