Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे एनसेलले ल्यायो २८ दिनकाे मोबाइल डाटा ‘सधैं अन’ योजना, प्याक सकिएपनि ब्यासेन्स नकाटिने

हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा


भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल १८ करोड ५३ लाख ८२ हजार रुपैयाँ लागतमा आयोजनाको काम थालनी गरिएको हो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो आयोजनाको पाँच स्थानमा ट्याङ्की र पालेघर निर्माणसँगै चार हजार दुई सय मिटर मुख्य पाइप लाइन विस्तारको काम सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । अब शाखा लाइन विस्तार र करिब एक सय ५० मिटर मुख्य पाइप बिच्छ्याउन बाँकी रहेको समितिका अध्यक्ष बलबहादुर मगरले बताए ।

‘आयोजनाको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ’, उनले भने, ‘कामलाई तीव्ररूपमा अघि बढाएका छौँ । हाल मुहानबाट करिब एक सय ५० मिटर मुख्य पाइप लाइन विस्तार गर्न बाँकी छ । विद्युत विस्तारपछि पानी वितरणको काम थालनी गर्छौँ । बर्सेनि थोरै बजेट विनियोजन हुँदा काममा केही ढिलाइ भएको अवस्था छ ।’

यो आयोजनाबाट हतुवागढी गाउँपालिका वडा नं १ र २ रानीबासका करिब आठ सय ४८ परिवारलाई पानी विस्तार हुने उपभोक्ता समितिको भनाइ छ । हेङ्माखोला र कावाखोलाको बीचबाट लिफ्ट गरेर पानी बस्तीमा ल्याउन आर्थिक वर्ष २०७५÷७६ बाट आयोजना निर्माण थालिएको हो ।

निर्माण भइरहेको आयोजनास्थलको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले स्थलगत अनुगमन गरेको छ । योजना सञ्चालन भइरहेको स्थानमा देखिएका समस्या समाधान गरेर चाँडो पानी सञ्चालन गर्ने लक्ष्यका साथ काम अघि बढाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । भौतिक निर्माणको काम करिब अन्तिम चरणमा पुगेकाले अब विद्युत् विस्तार गरेर पानी वितरणको काम सुरु गर्ने तयारी रहेको प्रमुख सिंहको भनाइ छ ।

‘यो योजनाको पाइप लाइन विस्तारसँगै अन्य संरचनाको काम करिब अन्तिम चरणमा पुगेको छ’, प्रमुख सिंहले भने, ‘अब विद्युत विस्तारको काम बाँकी छ । यो पनि चाँडो सुरु गरेर पानी सञ्चालन गर्ने लक्ष्य छ । तत्काललाई हामीले पहिलो लिफ्टमा पानी फाल्ने तयारी गरेका छौँ ।’

स्थलगतरूपमा योजनाको अनुगमन गरेर आवश्यक कामलाई तीव्रता दिइएको कार्यालयको भनाइ छ । क्रमगत योजना रहेकाले यो वर्ष यहाँ थप काम गर्नका लागि ५८ लाख रुपैयाँ बजेट विनियोजन भएको कार्यालयको भनाइ छ । प्रदेश सरकारबाट थप बजेट आएमा यो आर्थिक वर्षमा सम्पूर्ण ट्याङ्कीमा पानी खसाल्न सकिने प्रमुख सिंहले बताए । ‘यो क्रमागत योजना हो’, उनले भने, ‘प्रदेश सरकारबाट बर्सेनि थोर–थोरै बजेट विनियोजन हुने गरेको अवस्था छ । पर्याप्तरूपमा बजेट आएको खण्डमा यो आर्थिक वर्षमा आयोजनाको काम सम्पन्न हुन्छ ।’

आयोजनाको कामलाई समयमा सम्पन्न गराउन आवश्यक भूमिका खेलिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । कतिपय खण्डमा योजना सञ्चालन पूर्व स्थानीय तहमा समन्वय नगरिँदा समस्या हुने गरेको अध्यक्ष राईको भनाइ छ । योजना सञ्चालनपश्चात यसको दिगो व्यवस्थापन गर्न उपभोक्ता समिति, खानेपानी कार्यालय र स्थानीय सरकारले लिखित निर्णय गरेर योजनाबद्धरूपमा काम गर्नुपर्ने उनको भनाइ छ ।

‘योजनालाई सम्पन्न गराउन हामीले पनि आफ्नो तहबाट भूमिका खेलिरहेका छौं’, अध्यक्ष राईले भने, ‘प्रदेश सरकारबाट पर्याप्त बजेट नआउँदा काममा केही ढिलाइ भएको अवस्था पनि छ । यसलाई समयमा सम्पन्न गराएर यसको दिगो व्यवस्थापनका लागि काम गर्न आवश्यक छ ।’

योजनाबाट पानीको समस्यामा रहेका स्थानीयलाई राहत मिल्ने हतुवावढी–१ का अध्यक्ष कुमार विष्टले बताए । यो आयोजनाबाट यहाँका तीन सय बढी परिवारले पानीको उपभोग गर्न पाउने उनको भनाइ छ । ‘यहाँका स्थानीय पानीको पर्खाइमा रहेको अवस्था छ’, उनले भने, ‘हामीले पनि आयोजना समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ । पानी बस्तीमा आएपश्चात वर्षौँबाट रहँदै आएको पानीको समस्या अन्त्य हुनेछ ।’

वडाको तर्फबाट बाटो मर्मत गर्नेलगायतका काम गरेको हतुवागढी–२ का वडाध्यक्ष विचारी थापाले बताए । वडाको तर्फबाट ठूलो काम गर्न नसके पनि यो योजना सम्पन्न गराउन सडक विस्तारलगायत काम गरिरहेको उनको भनाइ छ । यो आयोजनाबाट यहाँका चार सय ५० बढी स्थानीयले पानीको उपभोग गर्न पाउने वडाध्यक्ष थापाले बताए ।


Read Previous

सेताम्मे हिमाल किन कालो हुँदैछ ?

Read Next

पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था

Leave a Reply

Your email address will not be published.