Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौता


धुलिखेल (काभ्रेपलाञ्चोक) । पनौती नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच स्नातक तहमा ‘आर्किटेक्चरल इञ्जिनियरिङ’को पठनपाठनका लागि सम्झौता भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले यसका लागि सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता अनुसार पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर प्राथमिक विद्यालयको खाली भवन र त्यसले चर्चेको कि नं ८० को जग्गा काठमाडौँ विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ अन्तर्गत बी आर्किटेक्चरल विषय अध्यापन गराउन काठमाडौँ विश्वविद्यालयलाई भोगाधिकारसहित हस्तान्तरण गरिने भएको छ । सम्झौता अनुसार विश्वविद्यालयको प्रवेश परीक्षामा उत्तीर्णमध्ये जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका पनौती नगरपालिका–७ मा स्थायी बसोबास भएका एक विद्यार्थीलाई नगरपालिकाको सिफारिसमा र अन्य वडामा बस्ने एक गरी दुई जनालाई ५० प्रतिशत शुल्कमा अध्यापन गराउनुपर्नेछ ।

त्यस्तै बत्ती, पानी, टेलिफोनको महसुल काठमाडौंँ विश्वविद्यलायले बेहोर्ने, पनौती नगरपालिका–७ अन्तर्गतका प्राचीन सम्पदाको संरक्षण गर्ने सिलसिलामा विभिन्न नक्शाङुकनसम्बन्धी कार्य दोस्रो पक्षले निःशुल्क रूपमा गरिदिने, पहिलो पक्षको सिफारिसमा दोस्रो पक्षले इन्द्रेश्वर उच्च माध्यमिक विद्यालय पनौतीमा सञ्चालन भइरहेको विज्ञान कक्षाको पढाइमा आवश्यक सहयोग गर्ने पनि सहमति भएको छ । साथै नगरपालिकाले विश्वविद्यालयलाई १५ वर्षका लागि उक्त भवन र जग्गा भोगचलन गर्न दिने र सम्झौता अवधिमा सो संरचना र जग्गालाई विश्वविद्यालयले आवश्यकता र सुविधाअनुसार प्रयोग गर्ने सहमति भएको छ ।

पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले यस सम्झौताले पनौती नगरको शैक्षिक क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुनका साथै पनौती नगरको सांस्कृतिक एवम् पुरातात्विक क्षेत्रको विकासको लागि थप उपलब्धि प्राप्त हुनेमा विश्वास व्यक्त गरे । ‘विद्यलाय मर्ज गर्दा भवन खाली भएको थियो, काठमाडौँ विश्वविद्यालयको आग्रह र वडा नं ७ को सिफारिसपछि नगरपालिकाले उक्त निर्णय गरेको हो’, उनले भने । सम्झौताले पनौतीको वास्तुकला विषयमा अध्ययन गराउन विशेष टेवा पुग्ने उनको भनाइ छ ।


Read Previous

कालीगण्डकी करिडोर: बागलुङ–हर्मिचौर खण्डको काम सुस्त

Read Next

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *