Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

निर्माण व्यवसायी विकास परिषदबाट भूकम्प प्रभावितलाई ३० लाख सहयोग


काठमाडौं । निर्माण व्यवसायी विकास परिषदले भूकम्प प्रभावितलाई ३० लाख रूपैयाँ रकम सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पूनर्निर्माण र शैक्षिक सामग्रीका लागि सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले बताए ।

‘राहत र पूर्ननिर्माणका लागि २५ लाख र बिद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको छ’ सहसचिव बिष्टले भने ‘निर्णय भएको रकम प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा हुनेछ ।’

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगतै मन्त्री ज्वालाले परिषदको बैठक बोलाएका हुन्। चिसो मौसमका कारण भूकम्प प्रभावित क्षेत्रको जनजिवन कष्टकर बन्दै गएपछि मन्त्री ज्वालाले राहत र पुर्नस्थापनामा जोड दिएका छन्। तीन पटकभन्दा बढी भूकम्प प्रभावित क्षेत्रमा पुगिसकेका छन् ।

मन्त्री ज्वालाले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरिसकेका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलव लिने निर्णय भइसकेको छ ।


Read Previous

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

Read Next

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा

Leave a Reply

Your email address will not be published.