Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

वैकल्पिक सिँचाइ व्यवस्थाले महाेत्तरीका किसानलाई राहत   


महोत्तरी। सिँचाइ अभावका कारण खेती गर्न नपाएका यहाँका किसानलाई नगर कार्यपालिकाले स्यालो ट्युबवेल जडान र मोटर पम्पसेट उपलब्ध गराएपछि राहत मिलेको छ । कार्यालयले बुधबार स्यालो ट्युबवेल जडान गरिएका ३० किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको हो ।

यसपाली अनुकूल वर्षा नभएर धानबाली लगाउन नपाएका किसानलाई सिँचाइको वैकल्पिक व्यवस्था भएपछि गहुँ र अन्य तरकारीबाली लगाउन सहज भएको छ । “ट्युबवेलमा मोटर पम्पसेटको सहायताले सिँचाइ गरी गहुँ तथा तरकारी लगाउन सहज भएको छ”, स्थानीय जैश शेषले भने ।

नगरका ९ वडाका बस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन दिएका किसानलाई उक्त ट्युबवेल र मोटर पम्पसेट खरिदमा नगर कार्यालयले ८५ प्रतिशत लगानी गरेको उनकाे भनाइ थियो ।

उक्त कार्यक्रमका लागि रू ४५ लाख ४८ हजार खर्च भएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्माले जानकारी दिए ।  उनका अनुसार यसबाट एक सय ५० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।

यसअघि कार्यालयले फलफुल रोप्न, मखान बजार व्यवस्थापनमा सहयोगी सामग्री, दाइँ गर्ने यान्त्रिक उपकरणलगायत कृषि सामग्री उपलब्ध गराएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । गहुँ र अन्य तरकारी बालीका उन्नत बीउ पनि किसानलाई उपलब्ध गराउँदै आइएको उनकाे भनाइ थियो ।

पालिकाले ५ वर्षयता बर्सेनि मौसमअनुसार बाली लगाउन बीउ, जैविक मललगायत सामग्री दिँदै आएको किसान मेराज अन्सारीले बताए । यस्ता कार्यक्रममले किसानलाई राहत महसुस भएको उनले बताए ।


Read Previous

टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न लेखा समितिकाे निर्देशन   

Read Next

हट्यो एकान्तकुना यातायात ब्यवस्था कार्यालयको भीड, आजदेखि अनलाइन सेवा शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *