Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दुर्गम बस्तीमा फोरजीमार्फत इन्टरनेटको पहुँच


ताप्लेजुङ । पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँज पुग्न थालेको छ । गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहँुच विस्तार भएको हो ।

केही समय अगाडि मोबाइल सेवासमेत नभएका बस्तीमा फोरजी सेवा सञ्चालन भएपछि स्थानीय उत्साहित भएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मुरिङला डाँडामा बिहीबारदेखि फोरजी सेवा सुरु भएसँगै आफ्नै घरबाट इन्टरनेट प्रयोग गर्न पाएको स्थानीय रोशन लिम्बूले बताए । गत भदौको पहिलो साता फक्ताङलुङको लोवा डाँडामा नेपाल टेलिकमले फोरजी टावरमार्फत सेवा सुरु गरेको थियो । उक्त टावरले फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चार क्षेत्रमा फड्को मारेको छ । फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा इन्टरनेटको सुविधा पुगेको दूरसञ्चार कार्यालय ताप्लेजुङले जनाएको छ ।

फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत फक्ताङलुङ गाउँपालिकाका नागरिक प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । यसबाट स्थानीय समुदाय मात्रै नभएर कञ्च्नजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि सहजता थपिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिए । वि.सं. २०७४ मा पालिकाको लेलेपस्थित मुरिङ्ला डाँडामा टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्रै यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो । टुजी सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएपछि फोरजी सेवा विस्तार गरिएको टेलिकम कार्यालयले भनेको छ ।

गाउँपालिकाको तल्लो भेग वडा नं १, २, ३, ४, सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकांश भेगमा यसअघि नै फोरजी सेवा विस्तार भइसकेको लिम्बूले बताए । सेवा विस्तारका लागि आवश्यक सामग्री ढुवानीदेखि यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी पालिकाले गरेको उनको भनाइ थियो । अध्यक्ष लिम्बूका अनुसार अब सोही पालिकाको वडा नं ७ को हिलेखर्कमा फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्वे सकिएको छ । बुधबारदेखि ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ । योसँगै गाउँगाउँसम्म इन्टरनेट सेवा विस्तार हुँदा सञ्चारसँगको पहुँच विस्तार हुँदै गएको स्थानीय बताउँछन् ।


Read Previous

चाडपर्वकाे लागि हवाई टिकट ८० प्रतिशतसम्म बुकिङ, यात्रुलाईहवाई टिकट पाउन सकस

Read Next

विमान्स्थल भन्सार भन्यो,‘इमर्जेन्सी लाइट,पावर बैंक,आइरन विदेशबाट नल्याउनु/नपठाउनु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *