Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

विमान्स्थल भन्सार भन्यो,‘इमर्जेन्सी लाइट,पावर बैंक,आइरन विदेशबाट नल्याउनु/नपठाउनु’


काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले विदेशमा रहेका नेपाली नागरिकलाई इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिस्चर, पानी तान्ने मेसिन जस्ता विद्युतीय उपकरण नल्याउन आग्रह गरेको छ ।

भन्सार कार्यालयले सामाजिक सञ्जालमार्फत सूचना सार्वजनिक गरी यस्ता उपकरण एक्स–रे जाँचपासका क्रममा संकास्पद देखिने गरेको हुँदा विदेशबाट आफैँ आउँदा नल्याउन आग्रह गरेको हो । भन्सार कार्यालयले यी विद्युतीय उपकरणहरू कार्गोमार्फत पनि आफ्नो परिवारका सदस्यलाई नेपालमा नपठाउन भनेको छ ।

‘विदेशबाट फर्कने नेपाली नागरिकले ल्याएका यस्ता विद्युतीय उपकरण जाँचपास गर्ने क्रममा संस्कास्पद देखिने गरेको छन् । प्याकिङ खोलेर चेकजाँच गर्नुपर्ने हुँदा सेवाग्राहीलाई मर्का पर्न जान्छ’, भन्सार कार्यालयको सूचनामा भनिएको छ ।

विमानस्थल भन्सार कार्यालयले विदेशबाट पठाइने यस्ता विद्युतीय उपकरण चाँचपासका क्रममा खोलेर हेर्ने हुँदा नागरिकको तीव्र असन्तुष्टी बढ्ने गरेको थियो । नागरिकबाट गुनासो आएपछि भन्सार कार्यालयले यस प्रकारका विद्युतीय उपकरण नल्याउन तथा कार्गो गरेर नपठाउन भन्सार कार्यालयले औपचारिकरूपमै आग्रह गरेको हो ।


Read Previous

दुर्गम बस्तीमा फोरजीमार्फत इन्टरनेटको पहुँच

Read Next

खराब मौसमका कारण लामीडाँडा विमानस्थलमा हेलिकोप्टरको आकस्मिक अवतरण

Leave a Reply

Your email address will not be published.