Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध


चितवन । सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए । नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।


Read Previous

‘शिलान्याश’सम्म आईपुग्न १६ वर्ष लागेको नेपालको पहिलो वैदेशिक लगानीको आयोजनाको संघर्षको कथा

Read Next

‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

Leave a Reply

Your email address will not be published.