Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

एसटएलआरपीले पायो पाटा गोल्ड अवार्ड- २०२३


काठमाडाैं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा संचालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अवार्ड -२०२३ प्राप्त गरेको छ ।

पर्यटनका माध्यमबाट महिला शसक्तिकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) ले नेपाल पर्यटन बोर्ड /एसटीएलआरपीलाई पाटा गोल्ड अवार्ड २०२३ पदान गरेको हो । पाटा हेडक्वाटरले  विज्ञप्ति जारी गदै यो अवार्ड प्रदान गरेको जानकारी दिएको हाे ।

यो परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सि विधा अन्र्तगत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो । यस्तै २०२३ मा पनि पाटाबाट स्पेशल पाटा अवार्ड समेत प्राप्त गरेको थियो । सन् १९९५ बाट शुरु भएको यो अबार्ड यसपाली विभिन्न २३ वटा संघ संस्थाहरुलाई विभिन्न विधामा प्रदान गरिएको छ । यो पुरस्कार अक्टुवर ५ मा नयाँदिल्लीमा आयोजना हुने पाटा टार्वल मार्ट २०२३ को अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणीराज लामिछानेले जानकारी दिए ।

पाटा अबार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामको मूल्याङ्कन भएको र बोर्डलाई थपकार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) तथा परियोजनाका राष्ट्रिय निर्देशक डा.धनञ्जय रेग्मीले बताए । ‘हामीले कोभिडको असरसंगै पर्यटकहरुको उद्धार देखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरु निरन्तर गर्दै आइरहेका छौं । यसले थोरै भएपनि जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा सहयोग गरेको छ । हामीले गरेका कामहरुले मुल्याङ्कन गर्दै निरन्तर विभिन्न अन्तरराष्ट्रिय अबार्डहरु प्राप्त गरेका छौं । यसले हामीलाई थपकार्य गर्न प्रोत्साहन मिलेको छ ।’ डा. रेग्मीले भने। यस्तै पर्यटकको खोज तथा उद्दारमा खोजमा गरेको योगदानको कदर स्वरुप पनि बोर्डले विभिन्न राजदुतावास तथा अन्तरराष्ट्रिय संस्थाहरुबाट सम्मान प्राप्त गरेको थियो ।

बोर्डले युएनडीपीसँगको सहकार्यमा शुरु गरेको परियोजनाले लगातार दुई वर्ष यस प्रकारको अबार्ड प्राप्त गर्दा युएनडीपी खुशी रहेको प्रतिक्रिया दिँदै युएनडीपीका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले यस प्रकारका तालिमले पर्यटनमा भएको महिला सहभागिताको ग्याप कम गर्नुका साथै अल्पसंख्यक अप्लसंख्यकहरुलाई समेत कामको अवसर प्रदान गरेको बताए । उनले पर्यटनमा भएको महिला जनशक्तिअभाव तथा समावेशिताको पक्षलाई समेत ध्यानमा राख्दै युएनडीपीले आउँदा दिनमा समेत सहकार्य गर्ने उल्लेख गरे ।

बोर्ड तथा एसटीएलआरपीले कोभिड-१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धि सहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यस अन्र्तगत महिलाहरुका लागि रिभर गाईड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका लागि टे्रकिङ गाइड लगायतका विभिन्न तालिम तथा पर्यटनसंग सम्बनिधत विभिन्न विधाका गाइड म्यानुयलहरु तयार गर्दै आइरहेको छ । परियोजनाले अहिलेसम्म करिब एक हजार महिलाहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको परियोजनाले जनाएको छ ।


Read Previous

नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुला

Read Next

पर्यटकको आकर्षक गन्तव्य धारागोला

Leave a Reply

Your email address will not be published.