Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

पर्यटकको आकर्षक गन्तव्य धारागोला


झापा । जिल्लाकै अग्लो टाकुराका रुपमा परिचित बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।आदिवासी जनजातिको बाक्लो बसोबास रहेको सो स्थानलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न नौ वर्ष अघिदेखि युवाहरु सक्रिय थिए ।

युवाहरुको सक्रियता र पछिल्लो समय तीनै तहका सरकारको सहयोगले धारागोला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको वडा नं ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले बताए । उनका अनुसार सङघ, प्रदेश र स्थानीय सरकारको हालसम्म सो स्थानमा रु एक करोड २० लाख खर्च भइसकेको छ ।

हाल धारागोलामा पाँच तले दृश्यावलोकन स्तम्भ, हरित पार्क र विभिन्न देवीदेवताका आकर्षक मूर्ति बनाएर सजाइएको उनले बताए । स्तम्भ निर्माणको लामो समय बितिसकेका कारण यसको संरक्षण, संवद्र्धन र पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले वार्षिक ६० हजार रुपैयाँ वडालाई तिर्ने शर्तमा ठेक्का लगाइएको उनले बताए । स्थानीय होटल व्यवसायी यामबहादुर लिम्बूले एक वर्षका लागि स्तम्भ ठेक्कामा लिएको उनको भनाइ छ ।

करिब दुई बिघा क्षेत्रफलमा फैलिएको जग्गामा पर्यटन मन्त्रालयबाट गत वर्ष प्राप्त रु ५० लाख र जनश्रमदानबाट रु १२ लाख सङ्कलन गरेर हरित पार्क निर्माण गरिएको छ । मेची राजमार्ग नजिक रहेको धारागोलामा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि विसं २०७१ मा प्रथम धारागोला महोत्सवको आयोजनासमेत गरिएको थियो ।


Read Previous

एसटएलआरपीले पायो पाटा गोल्ड अवार्ड- २०२३

Read Next

सानिमा समूहका २ सहित ४ जलविद्युत आयोजनामा एचआइडिसिएलद्वारा १३ अर्ब लगानी स्वीकृत

Leave a Reply

Your email address will not be published.