Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

अमेरिकामा एभरग्रान्डेले अदालती संरक्षण माग्दै दियो आवेदन


काठमाडौं । चीनको भिमकाय रियल ईस्टेट कम्पनी एभरग्रान्डेले अमेरिकामा अदालती संरक्षण माग्दै आवेदन दिएको छ । कर्जामा चुर्लुम्म डुबेको सो कम्पनीले अमेरिकाको न्यूयोर्कस्थित एउटा संघीय अदालतमा बैंकरप्सी कोडको दफा १५ अन्तर्गत अमेरिकामा भएको आफ्नो सम्पत्ति जोगाइदिन अनुरोध गरेर बिहिबार सो आवेदन दिएको हो ।

३ खर्ब डलरभन्दा बढीको कर्जामा डुबेको एभरग्रान्डे विश्वमै सबैभन्दा धेरै कर्जा बोक्ने रियल ईस्टेट कम्पनी हो । चीनको घरजग्गा क्षेत्रमा देखिएको संकटले यसलाई नराम्ररी गाँजेको छ । दफा १५ ले कर्जा तिर्न नसकेर कर्जादाताहरुसँग कर्जा पुनःसंरचनाको अवस्थामा रहेका गैर अमेरिकी कम्पनीहरुको सम्पत्तिलाई जोगाइदिन्छ ।

अहिले चीनको अर्थतन्त्र सुस्ताएको छ । त्यहाँको घरजग्गा बजारमा व्याप्त संकट अर्थतन्त्रका अन्य क्षेत्रमा समेत पोखिने भय बढिरहेकै समयमा एभरग्रान्डले अदालती संरक्षण मागेको हो । चीनको घरजग्गा बजारमा एभरग्रान्डेको हिस्सा ४० प्रतिशतभन्दा धेरै थियो । तर चीन सरकारले ऋणमा चुर्लुम्म डुबेको घर जग्गा बजारमा कडाई गर्न थालेपछि कम्पनी ऋणको साँवा ब्याज तिर्न नसकेर डिफल्टमा गयो ।

सन् २०२१ यता चीनका अन्य कयौं डेभलपर कम्पनीहरु डिफल्टमा गएका थिए । यो महीना मात्रै निजी क्षेत्रको अर्को ठूलो डेभलपर कम्पनी कन्ट्री गार्डेनले केही ब्याजको भुक्तानी गर्न नसकेपछि समस्या थप विकराल बन्दै गएको हो कि भन्ने भय बढाएको छ । सन् २०२१ र सन् २०२२ मा एभरग्रान्डेले ८० अर्ब डलर घाटा बेहोरेको थियो । एजेन्सी


Read Previous

उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता र लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारी

Read Next

नलगाडका घरको मुआब्जा तीन वर्षदेखि रोकियो

Leave a Reply

Your email address will not be published.