Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नलगाडका घरको मुआब्जा तीन वर्षदेखि रोकियो


जाजरकोट । नलगाड जलविद्युत् आयोजना क्षेत्रका घरको मुआब्जामा ह्रास कट्टीबारे सहमति नहुँदा मुअब्जा वितरणमा ढिलाई हुँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति मागेको थियो । तर दुई मन्त्रालयबीच यसबारे सहमति नभएपछि तीन वर्षदेखि सो काममा ढिलाई हुँदै आएको हो । तीन वर्ष अगाडिदेखि आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणलाई घरको मुआब्जा दिने भनिए पनि अर्थ मन्त्रालयको ह्रासकट्टीमा सहमति नदिँदा घरको मुआब्जा वितरणमा ढिलाइ भएको नलगाड सरोकार समितिका संयोजक तथा पुर्वमन्त्री गणेशप्रसाद सिंहले बताए ।

पाँच सय तीन घरको झण्डै रु ९० करोड बराबरको रकम आयोजनाले स्थानीयलाई उपलब्ध गराउनुपर्ने भए पनि ह्रास कट्टी गर्ने कि नगर्ने भन्ने विषयमा अर्थ मन्त्रालय र उर्जा मन्त्रालयको बीचमा सहमति हुन सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ह्रास कट्टी नगरी मुआब्जा दिन अर्थ मन्त्रालय समक्ष सहमति माग गरिएकोमा अर्थले अस्वीकार गर्दा पहिलो पटक मुआब्जा वितरणको काम रोकिएको थियो ।

दोस्रो पटक ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयसँग ह्रासकट्टी नगरी मुआब्जा दिन सहमति मागे पनि अर्थले कुनै पनि जवाफ नदिएपछि घरको मुआब्जाको विषय रोकिएको छ । ह्रास कट्टी गरेमा सुरुको घरको मुल्यभन्दा घटेको मूल्य नलगाड र बारेकोटवासीले पाउने छन् । यदि ह्रासकट्टी नगरेमा घरधनीले सुरुकै मूल्य पाउनेछन् ।

नलगाड नगरपालिकाभित्रका वडा नं २, ५, ७ र ८ तथा बारेकोट गाउँपालिकाका–१, २, ५, ६, ७, ८ र ९ का सर्वसाधारण आयोजनाबाट प्रभावित हुनेछन् । आयोजनाले एक हजार पाँच सय ९० मिटर उचार्इसम्मको घरको मात्र मुआब्जा दिनका लागि विवरण तयार गरेको छ । सो उचाइसम्म जम्मा पाँच सय तीन घरधुरी छन् । परामर्शदाताले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कनको रिपोर्टले एक हजार एक सय ७२ घरधुरी प्रभावित हुने औंँल्याएको छ ।

आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणले पुख्र्यौंली थलो सबै छाडेर जानुपर्ने अवस्थामा ह्रासकट्टी नगरी मुआब्जा दिनुपर्ने माग गर्दै आएका छन् । यो विषयमा अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । आयोजना प्रभावित क्षेत्रमा नयाँनयाँ घर निर्माण कार्यसमेत जारी रहेको छ । कसैले पनि सो ठाउँमा घर निर्माण नगर्न अनुरोधसमेत गरेको छैन । यो विषयलेसमेत मुआब्जा वितरण गर्दा विवाद सिर्जना हुने देखिएको छ ।

जग्गाको मुआब्जा भने आयोजनाले वितरण गरिसकिएको छ । सात वर्ष लगाएर डिपिआरको काम पूरा भए पनि डिपिआर स्वीकृत हुने क्रममा रहेको छ । आयोजनाको सडक तथा अन्य संरचना निर्माण गर्नका लागि छ सय २९ दशमलव ७९ हेक्टर जग्गा आवश्यकपर्ने जनाइएको छ । त्यसमा निजी स्वामित्वको चार सय ३१ दशमलव ८७ हेक्टर र सरकारी वन क्षेत्र एक सय ९७ दशमलव ९२ हेक्टर जमिन प्रयोग हुनेछ । रासस


Read Previous

अमेरिकामा एभरग्रान्डेले अदालती संरक्षण माग्दै दियो आवेदन

Read Next

प्राधिकरण अब विद्युत वितरण प्रणालीको गुणस्तर सुधारमा लाग्नुपर्छः प्रधानमन्त्री दाहाल

Leave a Reply

Your email address will not be published.