Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता र लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारी


काठमाडाैं । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरे ।

दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ । नेपाल उद्योग परिसंघ  नेपालको ठूला र मझौला उद्योग समुदायको व्यावसायिक नेतृत्वमा उत्पादन र सेवा क्षेत्रको उद्योग केन्द्रित शीर्ष निकाय हो। नेपाल उद्योग परिसंघ को प्रमुख उद्देश्य स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गर्दै देशका औद्योगिक तथा कर्पोरेट क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना गर्दै उद्योगहरूबीच सकारात्मक प्रतिस्पर्धा र सक्षम व्यवस्थापनलाई प्रोत्साहित गर्नु हो।

आइडिया स्टुडियो नेपाल सामाजिक रुपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्ष देखि निरन्तर काम गर्दै आएको संस्था हो | आइडिया स्टुडियो नेपालले नेपालमा उद्यमशीलताको इकोसिस्टमलाई बढावा दिन सरकार, शिक्षाविद्, सार्वजनिक र निजी क्षेत्र, वाणिज्य बैंक, मिडिया हाउस, व्यापार र उद्योग संगठनहरू र अन्य धेरै संस्थाहरूसँग साझेदारीमा काम गर्दै आएको छ | आइडिया स्टुडियो नेपालले सम्भाव्य व्यवसायिक विचारहरुलाई व्यवसायमा परिवर्तन गर्ने, सामाजिक परिवर्तनलाई प्रज्वलित गर्ने र नवप्रवर्तनको माध्यमबाट उद्यमशीलताको प्रर्बधन गर्ने प्याटफर्मको रुपमा काम गर्दै आएको छ |

परिसंघ सचिवालयमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले आर्थिक विकासका लागि देशमा उद्यमशिलता तथा व्यवसायिक प्रबद्र्धन गर्न सरकारसँग प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए । ‘ब्रेन डेन’ रोक्न, उद्यमीहरुका लागि उचित वातावरण बनाउन आवश्यक रहेको भन्दै अध्यक्ष अग्रवालले भने ‘आइडिया स्टुडियोसँगको सहकार्यले नवीन सोच भएका युवाहरुलाई उद्यम बन्न रचनात्मक सहयोग हुने विश्वास व्यक्त गर्दछु ।’

परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धन सम्बन्धी गतिविधिबारे जानकारी गराउँदै उनले दुई संस्थाबीचको सहकार्यले यस क्षेत्रमा नविनतम् काम हुने पनि बताए । आइडिया स्टुडियोका अध्यक्ष लामाले परिसंघसँगको सहकार्यले नेपालमा उद्यमशीलता तथा लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोजी गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

देशमा केही गरौं भन्नेहरुका लागि सीप तथा नीतिगत सुधारमा काम गर्नुपर्ने र परिसंघ सँगको सहकार्यले उद्यमशीलता एवं इनोभेसनका क्षेत्रमा थप काम गर्न सकिने उनको विश्वास छ । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्यमशीलताको क्षेत्रमा सामुहिक रुपमा नयाँ काम हुने बताए । आइडिया स्टुडियो नेपाल र नेपाल उद्योग परिसंघ बीच लामो समयदेखि सहकार्य गर्दै आएको छ| विगतका वर्षहरुमा पनि आइडिया स्टुडियो नेपाल र नेपाल उद्योग परिसंघले “ इन्फ्रास्ट्रक्चर आइडिया हन्ट” कार्यक्रम सम्पन्न गरेको थियो |


Read Previous

नियमित, भरपर्दो र गुणस्तरीय विद्युत सेवा अबकाे प्राथमिकता

Read Next

अमेरिकामा एभरग्रान्डेले अदालती संरक्षण माग्दै दियो आवेदन

Leave a Reply

Your email address will not be published.