Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

ट्रन्सफर्मर पड्किएपछि जगतपुर गाउँमा १६ दिनदेखि छैन बिजुली,गर्मीकाे सास्ती झेल्दै स्थानीय


टीकापुर (कैलाली) । कैलालीको जानकी गाउँपालिका–६ जगतपुरकाे विद्युत सेवा विगत १६ दिनदेखि अवरुद्ध छ । गत साउन १५ गते याे गाउँकाे वितरण ट्रन्सफर्मर पड्किएपछि अवरुद्ध भएकाे विद्युत सेवा अहिलेसम्म सुचारु हुन नसकेकाे हाे ।

विद्युत वितरण प्रणालीमा नयाँ ट्रन्सफर्मर जडान हुन नसक्दा जगतपुर गाउँका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् बर्खाको समयमा विद्युत सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको स्थानीय नन्दबहादुर न्यौपानेले बताए ।

“राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन”, उनले भने, “१६ दिन वित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।” गाउँमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला विद्युत सेवा नहुँदा नागरिकलाई समस्या भएकाे छ ।

विद्युत नहुँदा सबैभन्दा बढी समस्या बालबालिका र वृवृद्धालाई भएको छ । “मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्”, स्थानीय समिरा चौधरीले भने, “गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।”

जगतपुर गाउँमा विद्युत उपयाेग गर्ने करिब ८ सय ५० घरधुरी छन् । स्थानीय चौराहामा जडान गरिएको ट्रान्सफर्मर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ ।

लामो समयसम्म गाउँमा विद्युत नआएपछि आफूहरु उज्यालाका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताए ।

लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेशिनरी सामानसमेत बिग्रन थालेका छन् । ट्रान्सफर्मर पड्किँदा ३ लाख ५० हजार रुपैयाँ मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए ।

“हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन”, उनले भने, “गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ ।”


Read Previous

मन्त्रिपरिषदको बैठकले गर्याे काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधन, सुरुङकाे संख्या थपिने

Read Next

डिजेल र मट्टीतेल एकै पटक १४ रुपैयाँ बढ्यो,पेट्रोल पनि ५ रुपैयाँ महंगियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *