Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

मन्त्रिपरिषदको बैठकले गर्याे काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधन, सुरुङकाे संख्या थपिने


काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ । लागत समय र लागत मुल्य घटनेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । संसाेधनपछि सुरुङकाे संख्या बढ्नेछ ।

मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन गरेको हो । ‘करिव २ अर्ब २ करोड लागत मुल्य र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको छ’ मन्त्री ज्वालाले भने ‘सुरुङ मार्ग थपिदा सडकको लम्वाई घट्यो र मुल्य दुवै घट्यो ।’ काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ ।

२०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ । २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाएका थिए । ‘द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’ नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाको भनाई थियो ।

डिपीआर संशोधन भएपनि लागत मुल्य पनि घट्ने भएको छ । २ खर्व १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।


Read Previous

‘खाल्डाखुल्डीरहित काठमाडौ’ अभियान थाल्न मन्त्री ज्वालाको निर्देशन

Read Next

ट्रन्सफर्मर पड्किएपछि जगतपुर गाउँमा १६ दिनदेखि छैन बिजुली,गर्मीकाे सास्ती झेल्दै स्थानीय

Leave a Reply

Your email address will not be published.