Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

अझै निर्माण सम्पन्न भएन गोरखामा ‘सिटीहल’


गाेरखा । गोरखा सदरमुकामस्थित गोरखा नगरपालिका–७ नयाँबजारमा निर्माणाधीन सिटीहलको काम झन्डै सात वर्ष बितिसक्दासमेत अझै अपूरो छ । निर्माण कम्पनीले विसं २०७४ माघमा ३ वर्षभित्रमा सम्पन्न गर्ने ठेक्का सम्झौता गरेको सिटीहल निर्माणको काम अहिलेसम्म ६० प्रतिशतमात्र सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख सुरज पौडेलले बताए ।

ठेक्का सम्झौताको चौथोपटक थपिएको म्यादसमेत सकिनै लागेको छ । यसका लागि कार्यालयले कम्पनीसँग  ३० करोड ८० लाख ९० हजार नौ सय ३२ मा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले २०७७ माघ १० गतेभित्र कम्पनी काम सम्पन्न गर्नुपर्ने थियो ।

‘बेसमेन्ट, फाउन्डेसन निर्माणमा भिरालो जमिनका कारण कठिनाइ भएकाले तोकेको भन्दा बढी समय लागेको र काममा ढिलाइ भएको भएको हो’, उनले भने, ‘कोरोना सङ्क्रमण र त्यसपछि आर्थिक मन्दीसँगै सभाहलमा ट्रष्टको डिजाइन सुरुभन्दा पछि फरक पर्न जाँदा र डिजाइन परिवर्तन गर्नुपरेकाले ढिलाइ हुनपुगेको हो ।’

चौथोपटक थपिएको म्याद सकिन लागेकाले अब अन्तिम पटक म्याद थपका लागि मन्त्रालयमा पठाइएको उनले जानकारी दिए । ‘यदि म्याद थपिएको एक वर्षभित्रमा पूरा हुनुपर्छ’, एकाइ पौडेलले भने, ‘सबै काम सम्पन्न गर्नका लागि निर्माण कम्पनीले थप एक वर्ष समय मागेको छ ।’ गोरखा सदरमुकामको नयाँ बसपार्कमा झन्डै १२ रोपनी जग्गामा सिटीहल निर्माण भइरहेको छ ।

उक्त सिटीहल सात सय ६२ अट्न सक्ने क्षमताको छ । ‘बालकुुनेमा दुई सय जनाको क्षमता हो भने मुख्य हलमा पाँच सय ६२ जनाको क्षमता भएको हल निर्माण गर्न लागिएको छ’, उनले भने, ‘त्यस हलमा मल्टिप्रपोज हल, बालकुने, इलोक्टोनिक रुम, गार्डरुम र शौचालय बनिसकेको छ ।’

अबको एक वर्षभित्रमा सबै निर्माणको काम सम्पन्न गरी सिटीहल गोरखा नगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको उनले जानकारी दिए । निर्माण कम्पनीलाई पेश्कीस्वरुप झन्डै २२ करोड भुक्तानी भइसकेको सङ्घीय आयोजन कार्यान्वयन एकाइ कास्कीले जनाएको छ ।

निर्माण कम्पनीका व्यवस्थापक श्रवणकुमार कुशवाहले सबै काम लगभग अन्तिम चरणमा रहेको र बाँकी ‘स्टक्चर’अनुसार काम भइरहेको जानकारी दिए । ‘बेस्टमेन्ट’ र ‘फाउन्डेसन’का कारण छ–सात महिनासम्म पनि काममा गति दिन नसक्दा निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । रासस


Read Previous

ऊर्जा क्षेत्रमा क्रियाशिल महिलाको नेतृत्व र सिप विकास गर्न आयोजित ९ महिने तालिम समापन

Read Next

सिएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन

Leave a Reply

Your email address will not be published.