Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नागरिक लगानी कोषको २८ औ वार्षिकोत्सव सम्पन्न, २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित


नागरिक लगानी कोषको २८ औं वार्षिक साधारणभा सभाले आर्थिक वर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १ दशमलव ३१५८ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ । कोष संचालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सभाले वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले संचालन गरिरहेको सरकारी, गैर सरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने धारणा राखे ।

उनले कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, कोषमा आवद्ध सहभागीहरुलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विभिन्न औजारहरुमा लगानी विविधीकरण गरी प्रतिफल अभिबृद्धि गर्न सकिने अवसरहरुको बारेमा जोड दिए । उनले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानीलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तुस्थिति बारे जानकारी दिए भने सेयरधनीहरुबाट उठाइएका विषयहरु तथा सुझावहरुका सम्बन्धमा थप पुष्टयाई गरे । साथै, कोषको कारोबारलाई क्रमश सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा कोष कारोबारहरुलाई विस्तार गरिनेमा पनि उनले जोड दिए । त्यस्तै नागरिकहरुको रकम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सक्ने तर्फ कायमै भैरहेको पनि उनले जानकारी दिए । सभामा बैंक तथा वित्तीय संस्थाहरुको समुहबाट सञ्चालक समितिमा तीन वर्षको लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व १२ अर्व ६४ करोड ७३ लगानी गरेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने तर्फ कोषले काम गरिरहेको छ ।


Read Previous

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो,पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा

Read Next

जयनगर–भङ्गाह रेल सेवा विस्तार

Leave a Reply

Your email address will not be published.