Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो,पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगम लिमिटेडले आइतबार राति १२ बजेपछि लागू हुने गरी स्वचालित प्रणाली सुरु गर्ने निर्णय गरेको हो ।

यसअनुसार अबदेखि इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ । आइओसीबाट नियमित रुपमा प्राप्त हुने नयँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यन्वयन हुनेछ ।

हवाई इन्धनको हकमा भने साबिककै व्यवस्था रहेको छ । यसको अर्थ तत्काललाई हवाई इन्धनको मूल्यमा प्राप्त मूल्यसूचीका आधारमा समायोजन हुनेछैन् । हवाई इन्धनको हकमा मूल्य समायोजन गर्ने अधिकार निगम संचालक समितिमा रहने छ ।

मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आम उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताए । निगमको आज बसेको सञ्चालक समितिको २३३५ औं बैठकको निर्णय सार्वजनिक गर्न आइतबार उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको यो निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने विश्वास व्यक्त गरे ।

निगमका कार्यकारी अध्यक्ष ई. उमेशप्रसाद थानीले उपभोक्ताको चाहनाबमोजिम पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याइएको बताए ।

निगमको ऋण दायित्व छँदाछँदै पनि उपभोक्ताको हितलाई ध्यान दिएर मूल्य प्रणाली कायम गरिएको उनले उल्लेख गरे । ‘उपभोक्ता र विशेषगरी गृहिणीहरुको हितलाई ध्यानमा राखी खाना पकाउने एलपी ग्यासमा निगमले कुनै मुनाफा नलिई लागत मूल्यबमोजिम नै खुद्रा मूल्य राखिनेछ । जसबाट पेट्रोलियम पदार्थका आम उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने निगम पनि वित्तीय रुपमा स्वस्थ हुनेछ’ कार्यकारी निर्देशक थानीले भने ।

यसअघि आजको बैठकले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधी, २०८० लाई स्वीकृत गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

डिजेलमा २ र पेट्रोलमा साढे २ प्रतिशत नाफा राख्ने, एलपी ग्यास परल मूल्यमा बेच्ने

अब सरकारले खाना पकाउने एलपी ग्यासमा कुनै पनि मुनाफा नराखी विक्री गर्नेछ । एलपी ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मुनाफा थियो । उपभोक्तालाई मध्यनजर गरेर हाललाई यो पनि घटाइएको सचिव मरासिनीले जानकारी दिए ।

निगमले डिजेलमा २ प्रतिशत र पेट्रोलमा साढे २ प्रतिशत नाफा राख्ने निर्णय गरेको छ । निगमले हाल तिनुपर्ने ऋण तथा अन्य दायित्व वापतको रकम भुक्तानी गर्न तथा निगमको पूर्वाधार विकास, डिपो तथा अग्नी सुरक्षा संरचनाको मर्मत, आधुनिकीकरण लगायतका अत्यावश्यक कार्यहरुका लागि आवश्यक पर्ने पूजी संकलनको लागि यो नाफा प्रयोग गरिनेछ ।

पेट्रोलमा ६ डिजेल/मट्टितेलमा ४ र ग्यास सिलिण्डरमा १० रुपैयाँले मूल्य घट्यो

निगम सञ्चालक समितिको बैठकको निर्णय बमोजिम स्वीकृत भएको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० का आधारमा आइतबार राती १२ बजेदेखि लागू हुने गरी साविकको खुद्रा विकी मूल्यमा पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ, डिजेल / मटितेलमा प्रति लिटर ४ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर १० रुपैयाँले घटाइ बिक्री मूल्य कायम गरिएको छ । यसअनुसार आज राति १२ बजेदेखि कायम हुने गरी एलपी ग्यासको प्रतिसिलिन्डर १ हजार १ सयबाट घटेर १ हजार ७९० रुपैयाँ कायम हुनेछ ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई ३१ अर्ब रुपैयाँ बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो । निगमले अघिल्लो वर्ष नेपाल सरकारसँग लिएको ७ अर्ब ऋणमध्ये अब ३ अर्ब ५० करोड तिर्न बाँकी रहेको छ । आयल निगमलाई विभिन्न समयमा फरक शिर्षकमा लिएको अझै पनि कुल २९ अर्ब रुपैयाँ ऋण दायित्व रहेको जानकारी दिएको छ ।


Read Previous

दाङमा सिँचाइका पूर्वाधार निर्माण तीव्र

Read Next

नागरिक लगानी कोषको २८ औ वार्षिकोत्सव सम्पन्न, २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

Leave a Reply

Your email address will not be published.