Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

इसुवा खोलाको ५५ प्रतिशत निर्माण सकियो,विद्युत उत्पादन गर्न २ वर्ष लाग्ने


काठमाडौं । संखुवासभामा निर्माणाधीन ९७.२० मेगावाटको इसुवा खोला अर्धजलाशय जलविद्युत आयोजनाको ५५ प्रतिशत निर्माण पूरा भएको छ । केबिएनआर इसुवा पावर कम्पनीले इसुवा खोलामा निर्माण गरिरहेको आयोजनाको आधाभन्दा बढी काम सम्पन्न भएको हो ।

अहिले आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहमा धमाधम काम भइरहेको कम्पनीका अध्यक्ष वीरेन्द्र न्यौपानेले बताए । ‘हामीले सुरुवातबाटै आयोजनाको सबै संरचनाको काम अगाडि बढाएका थियौं,’ उनले नेपाल पूर्वाधारसँग भने, ‘अहिले सिभिलतर्फको आधा निर्माण पूरा भएको छ ।’

९७.२० मेगावाटको आयोजना भएपनि यसमा सुरुङ छैन । ७ किलोमिटर लामो पाइप लाइन रहनेमा अहिले धमाधम काम भइरहेको पनि न्यौपानले जानकारी दिए । सर्ज ट्याङ्कको निर्माण सकिएको छ । विद्युतगृहमा पनि करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए ।

यो आयोजनाबाट २०८२ साल असारभित्र विद्युत उत्पादन गर्ने तालिका छ । पहिले २०८० साल चैतभित्र आयोजना सम्पन्न गर्ने तालिका भएपनि कोभिड–१९ महामारीको प्रभावका कारण निर्माणले गति लिन नसकेका कारण सरकारले २ वर्ष म्याद थप गरिदिएपछि विद्युत उत्पादन तालिका २०८२ असारमा पुगेको न्यौपानेले बताए ।

कोरोना महामारीका कारण कामदार र निर्माण सामाग्री अभाव हुँदा लामो समयसम्म आयोजनाको काम प्रभावित हुँदा पुगेको थियो । अहिले बिना अवरोध सबै संरचनामा काम भइरहेको उनको भनाइ छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत २२० केभी शीतलपाटी सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृह रहने स्थानदेखि सबस्टेसनसम्मको दुरी १७ किलोमिटर छ । यो सबस्टेसनमा जोडिएको विद्युत २२० केभी तुम्लिङटार–शीतलपाटी प्रसारण लाइन निर्माण गरी कोसी कोरिडोर प्रसारण लाइनमार्फत प्रवाह भई विभिन्न स्थानमा पुर्याइनेछ । नेपाल विद्युत प्राधिकरणले सबस्टेसन र प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

इसुवा खोला निजी लगानीमा अगाडि बढेको अर्धजलाशय (पिकिङ रन अफ रिभर–पिआरओआर) आयोजना हो । निर्माण पूरा भएपछि यो आयोजनाले दैनिक ६ घन्टा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्नेछ । यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६४८ गिगावाट घन्टा (६४ करोड ८० लाख युनिट) विद्युत उत्पादन हुनेछ ।

यो आयोजना सम्पन्न हुँदा १० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यो लागत प्रतिमेगावाट करिब १० करोड २९ लाख रुपैयाँ हो । अनुमानित लागतमै आयोजना सम्पन्न गर्न सम्भव भएको अवस्थामा यो सस्तो पिआरओआर आयोजना हुनेछ । तर, कोभिड–१९ महामारीका कारण २ वर्ष निर्माण अवधि लम्बिएका कारण पूर्व अनुमानित लागत केही बढ्ने सम्भावना देखिन्छ ।

यो आयोजनामा सानिमा बैंकको अगुवाईमा ६ वटा बैंक तथा वित्तीय संस्थाले ८ अर्ब रुपैयाँ लगानी गरेका छन् । बैंकले गरेको ऋण लगानी कूल लागतको ८० प्रतिशत हो भने २ अर्ब रुपैयाँ अर्थात २० प्रतिशत स्वपुँजी लगानी छ ।


Read Previous

४ महिनामा ८ हजार पर्यटक मनाङ पुगे   

Read Next

मेलम्चीको पानी प्रशोधन क्षेत्रमै खानेपानीको समस्या

Leave a Reply

Your email address will not be published.