Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

ढकालले गरे महासंघ अध्यक्षको पद बहाली, सचिवालयमा मेलमिलाम केन्द्र संचालन गर्ने निर्णय


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाबाट महासंघको अध्यक्षको पदभार सम्हाल्नुु भएका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइतबार विहान महासंघ सचिवालयमा अध्यक्षको पदबहाली गरे । पद बहाली गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र संचालन गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरे ।

पद वहाली पश्चात अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीहरुको मनोवल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेकाले सोही अनुसार आफू र टिमले काम गर्ने बताए ।

सानो व्यवसायबाट व्यवसायमा हाम फालेको मानिस सिंगो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुुग्दा आफूलाई गर्व लागेको बताए । ‘यसले महासंघ साना ठूला सवैको साझा संस्था भएको प्रमाणित गरेको छ’ उनले भने ।

पद वहाली पश्चात अध्यक्ष ढकालले सचिवालयका कर्मचारीहरुलाई संवोधन गरे । महासंघ सचिवालय र महासंघ अन्तरगतका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।

निर्वाचित टिम र सचिवालय एकै स्वर र लक्ष्यका साथ हिड्न सकेमात्र महासंघले उचाई लिने हुंदा सिंगो कर्मचारी परिवारलाई इमान्दारिता र प्रतिवद्धताका साथ सहयोग गर्न आग्रह गरे । कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक व्यवसायिक संस्थाका रूपमा संचालन गर्ने बताए ।

उनले यस अघि पनिसहयोग पाउंदै आएको र अध्यक्षको कार्यकालमा पनि सोही अनुसारले पाउने अपेक्षा गरेको बताए । कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा सचिवालयबाट पाएको सहयोगका लागि हार्दिक धन्यवाद दिए । साथै अध्यक्ष ढकाललाई आफ्नो पूर्ण सहयोग रहने विश्वास दिलाउंदै उद्योग व्यवसाय क्षेत्रमा उनको लामो अनुुभवले महासंघलाई नयां उचाईमा लैजाने विश्वास व्यक्त गरे ।

आजै मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलले निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुलाई प्रमाणपत्र वितरण सहित बधाई दिए । त्यसपछि अध्यक्ष ढकालले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यकारिणी समिति सदस्यहरुलाई सपथग्रहण गराए ।


Read Previous

‘निजी क्षेत्रलाई अनुमति दिँदा आन्तरिक खपत र अन्तरदेशीय विद्युत व्यापार स्वतः बढ्छ’

Read Next

स्वदेश र विदेश विद्युत व्यापारको पखाईमा निजी क्षेत्र

Leave a Reply

Your email address will not be published.