Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

तल्लो इर्खुवा आयोजनाको मुख्य सुरुङ पूरा, ७५ प्रतिशत निर्माण सकियो


काठमाडौं । भोजपुरमा निर्माणाधीन १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ पूरा भएको छ । नेशनल हाइड्रोपावर कम्पनीकाे सहायक लाेअर इर्खुवा हाइड्राेपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको मुख्य सुरुङ खनेर सकिएको छ ।

आयोजनाको २ हजार ५ सय मिटर लामो मुख्य सुरुङ बिहीबार राति खनेर सकिएको कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बताए । उनका अनुसार मुख्य सुरुङ खनेर सकिएकाले अब कंक्रिटिङ तथा लाइनिङको काम सुरु हुनेछ ।

सुरुङ खरेर सकिँदा आयोजनाको करिब ७५ प्रतिशत निर्माण सम्पन्न भएको पनि पाण्डेले जानकारी दिए । ‘सुरुङ छेडिएपछि आयोजना अब कबिर निर्माणको अन्तिम चरणमा पुगेको छ,’ उनले भने,‘अन्य संरचनाको निर्माण पनि तीव्र पारेका छौं ।’

उनले आयोजनाको बाँध क्षेत्रमा पनि करिब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको जानकारी दिए । विद्युतगृहमा पनि करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । ५ सय मिटर पेनस्टक पाइप तयार भएर गइसकेकाले अब जडान गरिने उनले बताए ।

इलेक्ट्रोमेकानिकलतर्फ विद्यतगृहमा जडान हुने उपकरण तयार भइसकेका छन् । ‘इलेक्ट्रोमेकानिकल उपकरणहरू तयार भइसकेको भन्ने खबर आएको छ । अब अर्को साता त्यसको अवलोकनका लागि हामी कम्पनीको टोली चीन जाँदैछ’ उनले भने ।

इलेक्ट्रोमेकानिकल उपकरणको अवलोकनपछि आयात गरेर विद्युतगृहमा जोड्ने काम सुरु हुने कम्पनीले जनाएको छ ।
आयोजनाबाट २०८० साल मंसिरभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । यसअघि आगामी साउनभित्र विद्युत उत्पादन सुरु गर्ने योजना रहेपनि काम सम्पन्न भइनसकेको हुँदा मंसिरसम्म लाग्ने देखिएको कम्पनीले जनाएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत २२० केभी शीतलपाटी सबस्टेसनमा जोडिने गरी नेपाल विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको छ । तर, सबस्टेसन सम्पन्न हुनु अगाडि नै आयोजना सञ्चालनमा आउने हुँदा वैकल्पिकरूपमा विद्युतगृहदेखि २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार सबस्टेसनमा पुर्याउने गरी १५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिरहेको पाण्डेले जानकारी दिए ।

यो प्रसारण लाइन निर्माणको काम ८० प्रतिशत पूरा भइसकेको छ । आयोजना सम्पन्न हुँदासम्म प्रसारण लाइन पनि तयार हुने पाण्डले बताए । कम्पनीले चिर्खुवा आयोजनाको प्रवद्र्धकसँग मिलेर यो प्रसारण लाइन निर्माण गरिरहेको छ ।

विद्युत प्राधिकरणले शीतलपाटी सबस्टेसन निर्माण नगरिदिएपछि विद्युत खेर जाने अवस्था आउन नदिन तुम्लिङटारसम्म पुर्याउन प्रसारण लाइन निर्माण गरिरहेको पाण्डेले बताए ।

यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिकरूपमा ७ करोठ ५१ लाख युनिट विद्युत उत्पादन गर्न सम्भव हुनेछ । प्रवर्द्धक कम्पनीले आयोजनाले उत्पादन गर्ने विद्युत बिक्री गरी वार्षिक ४३ करोड रुपैयाँ आम्दानी गर्नेछ ।

पहिलो तालिकाअनुसार अहिलेसम्ममा आयोजनाको काम सम्पन्न भइसक्नु पर्ने थियो । तर, कोभिड–१९ महामारीका कारण लामो समय काम प्रभावित हुँदा निर्माण लम्बिन पुगेको कम्पनीले जनाएको छ ।

आयोजना निर्माण सम्पन्न हुँदासम्ममा २ अर्ब ८० करोड रुपैयाँ खर्च हुने देखिएको छ । कोभिड–१९ महामारी, डलर महंगी, निर्माण सामाग्री तथा उपकरणको मूल्यमा भएको वृद्धि, बैंकको ब्याज वृद्धि लगायत कारणले सुरुमा निर्धारितभन्दा १५ प्रतिशत लागत बढ्ने अवस्था आएको पाण्डले बताए ।


Read Previous

पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल

Read Next

सञ्चालन हुन सकेन बायोग्यास प्लान्ट,१ वर्षदेखि अलपत्र

Leave a Reply

Your email address will not be published.