Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन

नेपालले बिहारको ग्रिड प्रयाेग गरी अन्य राज्यमा पनि विद्युत निर्यात गर्न पाउने, मोडालिटी तय गर्ने सहमति


काठमाडौं । नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा पनि विद्युत निर्यात गर्न पाउने मोडालिटी तय गर्ने भारतसँग सहमति भएकाे छ ।नेपाल-भारतबीच विद्युत आदान-प्रदान समितिको (Power Exchange Committee) बैठकले नेपालले बिहारकाे प्रसारण प्रणालीमार्फत अन्य राज्यहरूमा  विद्युत निर्यातका लागि एक महिनाभित्र मोडालिटी तय गर्ने निर्णय गरेको हाे ।

भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न समितिको १४ औं बैठकले बिहार राज्यको ग्रिड हुँदै भारतको केन्द्रीय प्रसारण ग्रिडमार्फत अन्य राज्यहरूमा नेपालकाे विद्युत निर्यातको मोडालिटी अबकाे एक महिनाभित्रमा तयार गर्ने निर्णय गरेकाे  छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नेपालकाे तर्फबाट कार्यकारी निर्देशक घिसिङ र भारतको केन्द्रीय विद्युत प्राधिकरणका विद्युत प्रणाली सदस्य अशोककुमार राजपुतको सहअध्यक्षमा बैठक बसेको थियो ।

‘नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट भारतको केन्द्रीय ग्रिडसँग जोडिएर विद्युत् निर्यात हुनेछ । यसका लागि एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने छन्,’ उनले भने, ‘यसबाट वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत बिक्रीका लागि थप बजार सुनिश्चित भएको छ ।’

नेपाल-भारतबीच विद्युत आदान-प्रदान गर्न सकिने बिहारसँग कटैया( बिहार)-कुशवा (नेपाल) र रक्सौल–परवानीपूर १३२ केभी प्रसारण लाइन जोडिएका छन् । गत फागुन पहिलाे साता सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौं बैठकले कटैया–कुशवा र रक्सौल–परवानीपूर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट क्रमशः मार्च २०२३भित्र र अप्रिल/मे २०२३ मा निर्माण सम्पन्न गर्ने निर्णय भएको थियो ।

विद्युत आदान प्रदान समितिको बैठकले विद्युत आदान प्रदान सम्झौता अन्तर्गत आयात निर्यात हुने विद्युतको प्रति युनिट दर ७.२१ भारतीय रुपैयाँ (११.४५ रुपैयाँ) तय गरेको छ । आर्थिक वर्ष सन् २०२२/२३को लागि १३२ केभि प्रसारण लाइनमार्फत हुने विद्युत आदान प्रदान दर तय गरेको हो ।

विद्युत आदान प्रदान सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डबाट आवश्यक परेको वेलामा विद्युत आयात गर्दै आएको छ । प्राधिकरणले अन्य दुई राज्यको तुलनामा आवश्यक परेको वेला सबैभन्दा बढी बिहारबाट विद्युत आयात गर्दछ । नेपालसँग बिहार र उत्तर प्रदेश मात्र १३२ केभी प्रसारण लाइनमा जोडिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालले चाहेको वेलामा विद्युत् लिने गरी नयाँ दर तय गरिएको र उक्त दर भारतर्फत निर्यात गर्दा पनि लागू हुने बताए । ‘आव २०१९/२०का लागि तय भएको दर त्यसपछिका वर्षहरूलाई पुनरावलोकन हुन सकिरहेको थिएन । भारतीय पक्षबाट वार्षिक साढे पाँच प्रतिशतको मूल्यबृद्धि जोडर प्राधिकरणले आयात गर्ने विद्युतकाे बिल पठाउने गरिएको थियो,’ घिसिङले भने,‘विगतमा गरिएको विलिङ समायोजन गर्दै जाने सहमति भएको छ ।’

उनले यसबाट प्राधिकरणललाई करिब ३१ करोड भारु (४९ करोड ६० लाख रुपैयाँ) फाइदा भएको बताए । नयाँ तय गरिएको दर टेक अर पे आधारमा नभइ नेपाललाई आवश्यक पर्दा खरिद गरिने विद्युतकाे दर भएकाे पनि उनले बताए ।

चाहिएको बेलामा मात्र विद्युत आयात गरिने हुँदा यो दर अहिलेको भारतीय बजारभन्दा सस्तो हुने र याे दरमा प्राधिकरणले पनि विद्युत निर्यात गर्न पाउने उनकाे भनाइ छ । उनले  गत डिसेम्बरमा विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग बिडिङमार्फत माग गर्दा फेब्रुअरी र मार्च, अप्रिल तथा मेका लागि प्रति युनिट क्रमशः ७.५० रुपैयाँ र ८.७० रुपैयाँ प्रस्ताव पेश गरेको बताए ।

‘प्रतिश्पर्धामा छनौट भएका कम्पनीहरूले आयातित कोइलाबाट उत्पादित विद्युत मात्र नेपाललाई बिक्री गर्न पाउने हुँदा कोइलाको मूल्यमा उतार-चडाव आइरहेकोले यी कम्पनीहरू प्रस्तावित दरमा पनि प्राधिकरणसँग सम्झौता गर्न तयार भएनन्,’  घिसिङले भने । उनले बिहार राज्यलाई आयातित कोइलाको व्यवस्था लागू नहुने भएकोले दर सस्तो भएको बताए ।

प्रतिश्पर्धी बजारमा पनि दैनिक रूपमा प्रतियुनिट विद्युतकाे औसत दर १२ भारुसम्म पर्ने गएकाले याे दरमा प्रसारण शुल्कलगायत थप डेढ रुपैयाँ थपिँदा पनि अहिले तय गरिएको दर अन्यको तुलनामा सस्तो भएकाे घिसिङकाे दाबी छ । उनले अब नेपालले बिहारसँग प्रसारण लाइन जोडिएका विन्दुबाट निर्यात गर्न एक महिनाभित्र दुवै पक्षले मोडालिटी टुङ्गो लगाउने निर्णय भएकाले यसबाट देशभित्र खपत गरी बढी भएको विद्युत बिहारमा बिक्री गर्न थप बजार सुनिश्चित भएको बताए ।

प्राधिकरणले आवश्यक परेको समयमा भारतबाट व्यापारिक रूपमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत, विद्युत आदान-प्रदान सम्झौता (पावर एक्सेन्ज) र महाकाली सन्धि अन्तर्गतको विजुली भारतबाट आयात गर्छ । व्यापारिक रूपमा ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत र अन्य स्थानबाट पावर एक्सेन्ज अन्तर्गत भारतबाट विजुली ल्याइरहेको छ ।

प्राधिकरणले प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत चालू आर्थिक वर्षमा भारतीय बजारमा बिक्री गरी ८ अर्ब ४४ करोड रुपैयाँ आर्जन गरेको छ ।


Read Previous

लगानी बोर्डका परियोजनाका विकासकर्तासँग प्रधानमन्त्रीको भेट

Read Next

४ हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गरिँदै    

Leave a Reply

Your email address will not be published.