काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको साेमबार विद्युतीय माध्यमबाट उद्घाटन गरेका छन् ।
उनले उद्घाटन समाराेहमा सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित रहेकाे बताए । ‘वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास हाे’ उनले भने ।
प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त तुल्याए ।
जलविद्युत् आयोजनाको सफलताको कामना गर्दै उनले आगामी दिनमा कम्पनीले अन्य आयोजना पनि अगाडि बढाउने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले आयोजनाको निर्माणमा संलग्न स्वदेश तथा विदेशमा रहेका नेपालीको योगदानका लागि धन्यवाद दिए ।