Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

हिउँ पन्छाइएपछि खुल्यो नाग्म–गमगढी सडक


काठमाडौं  । हिउँ जमेपछि ५ दिनदेखि अवरुद्घ नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ ।

जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएकाले अवरुद्घ सडक सञ्चालनमा आएको हो ।

यही माग १० गते रातिदेखि ११ गतेसम्म हिमाली जिल्लामा हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा यातायातका साधन चल्न सकेका थिएनन् ।

उक्त कार्यालयले १२ गतेदेखि नैै हिउँ पन्छाउन थालेकाले सडक सञ्चालनमा आएको त्यहाँका सुपरभाइजर जङ्गी विश्वकर्माले बताए ।

विगत वर्षमा वर्षा याममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिनादिनसम्म अवरुद्घ हुने गरेकामा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले छिटै बाटो सञ्चालनमा आएको हो ।


Read Previous

पूर्वाधारमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेट, चक्रपथलगायतका परियोजनालाई गति दिन आग्रह

Read Next

बुढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या समाधान गरिने

Leave a Reply

Your email address will not be published.