Nepal Purbadhar

धनकुटाको चौबिसेमा लिफ्टिङ खानेपानी


धनकुटा । चौबिसे गाउँपालिकाको बोधे गाउँवासीका लागि अब बर्खाको पानी जम्मा गनुपर्ने बाध्यता हट्ने भएको छ। यहाँका बासिन्दाका लागि लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु भएको आठ वर्षमा पूरा भएपछि सो गाउँका चार सय ११ घरधुरीलाई राहत पुग्ने भएको छ।

पालिकाको वडा नं ५ का लागि २०७१ सालबाट सुरु भएको क्रमागत बोधे लिफ्टिङ खानेपानी आयोजना पूरा भएर परीक्षण वितरण सुरु गरिएको छ। सङ्घ तथा प्रदेश सरकारको दुई करोड ३० लाख २९ हजार रुपैयाँको लागतमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाअन्तर्गत सञ्चालित आयोजनाको गएको साउनबाट परीक्षण सुरु गरिएको हो।

खानेपानीको चरम अभाव भएको उक्त क्षेत्रमा बर्खामा संकलित पानी सकिएपछि गाउँवासीले प्रतिलिटर दुई रुपैयाँका दरले खानेपानी किनेर खाँदै आएका थिए । पानी किन्न नसक्नेहरूका लागि घण्टौँ लगाएर विभिन्न स्थानका धारा तथा कुवाबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो।

खानेपानी आयोजना पूर्णरूपमा सञ्चालनमा आएपछि बोधेवासीले पानीको समस्याबाट मुक्ति पाउने भन्दै बोधे खानेपानी निर्माण व्यवस्थापन समितिका अध्यक्ष आधुनिक देवानले खुसी व्यक्त गरे। ‘यो खानेपानी नहुँदा अधिकांश वडावासीले बर्खाको पानी थापेर खाँदै आएका थिए,’ देवानले भने। ‘अब यो खानेपानीले गाउँवासीलाई काकाकुलको अवस्थाबाट मुक्ति दिनेछ।’

खानेपानी लिफ्टिङ गर्ने मोटर बिग्रिएर अहिले आंशिक मात्र वितरण भइरहेको उनले जानकारी दिए। केही समयपछि समस्याको समाधान गरेर सबैका घरमा खानेपानीको सुविधा पुर्याइने देवानले जानकारी दिएका छन्।

वडाको मौन खोलाबाट गढीगाउँसम्म डेढ किलोमिटर लिफ्टिङ गरिएको उक्त खानेपानी वितरण परीक्षण सफल भएको डिभिजन कार्यालय धनकुटा प्रमुख राजकुमार मण्डलले जानकारी दिए। अहिले देखिएको सामान्य प्राविधिक समस्याको समाधानसँगै बाँकी भएका धारा वितरणका कामहरु सकिएपछि खानेपानी चाँडै सञ्चालनमा आउने उनले जानकारी दिए।

Facebook Comments

Read Previous

मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चको आदेशले रोकियो बंगलादेशसँग बिजुली बेच्ने सम्झौता, विदेशी लगानीकर्ता सशंकित

Read Next

दुर्गम गाउँमा केन्द्रीय विद्युत बलेपछि स्थानीय उत्साहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar