Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’

दुर्गम गाउँमा केन्द्रीय विद्युत बलेपछि स्थानीय उत्साहित


ढोरपाटन । बागलुङको अधिकारीचौर गाउँमा १४ वर्ष अगाडि विद्युत् पुगेको थियो। बुढाथोक लघु जलविद्युत् आयोजनाबाट सुरु–सुरुमा उज्यालो पाएका स्थानीयवासी वर्षौंदेखि बर्खाको समयमा भने अन्धकारमा बस्दै आएका थिए। हिउँदमा मर्मत गरे पनि बर्खामा भुजीखोलाले हाइड्रोपावर बगाउँदा अधिकारीचौरवासी आजित भएका थिए। अधिकांश रातहरु अँध्यारोमा बिताएका उनीहरुले अब त्यो नियति भोग्नुपर्ने छैन।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले अधिकारीचौर, नाथुरी, भैँसीखर्कलगायत गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ। गाउँमा केन्द्रीय लाइनबाट उपलब्ध विद्युतले स्थानीय दङ्ग परेका हुन्। विसं २०६५ मा बुढाथोक लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि गाउँमा विद्युत् पुगे पनि बाह्रै महिना बाल्न पाइएको थिएन। केन्द्रीय विद्युत् जडान भइसकेकाले अब बर्खामा पनि बिजुली बत्ती बाल्न पाइने स्थानीयवासी शालिकराम कँडेलले बताए।

विद्युत् प्राधिकरणको तीन महिनादेखि लगातारको प्रयासले अहिले गाउँमा केन्द्रीय लाइन आइपुगेको उल्लेख गर्दै उनले स्थानीय हाइड्रोपावर हरेक वर्ष बाढीले बगाउँदा आफूहरु अन्धकारमा बस्न बाध्य भएको सुनाए। कँडेलले पटक–पटक बाढीले नहर तथा विद्युत् गृह बगाउँदा यस क्षेत्रका हजारौँ नागरिकले वर्षौंदेखि दुःख पाएको बताए। उनले भने, ‘हिउँदभरि बनाउन लाग्थ्यो, बर्खा लागेपछि बगाइदिन्थ्यो, अब त बाढीले बगाउला भन्न पनि परेन, ठूलै मेसिनहरू चलाउँदा पनि पावर नपुग्ला भन्न पनि परेन, अब त गाउँमा पनि केन्द्रीय लाइन आयो, हामीहरुलाई धेरै खुसी लागेको छ, अब अँध्यारोमा टुकी वा दियालो बालेर बस्न पर्ने छैन, कहिलेकाहीँ बिग्रिने कुरा त स्वाभाविक नै भयो ।’

गत असोजमा आएको बाढीले ६० किलोवाटको बुढाथोक लघुजल विद्युत् आयोजनाको नहरसहित टङ्कीमा ठूलो क्षति पुर्याएको थियो। केन्द्रीय लाइनले स्थानीयवासीलाई अँध्यारोबाट उज्यालोमा फर्काएको उक्त आयोजनाका अध्यक्ष नरेन्द्र कुँवरले बताए।भुजीखोलाले बर्सेनि विद्युत् नहर तथा गृहमा क्षति पुर्याउँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य हुनाका साथै लाखौँको धनमाल नोक्सान हुने गरेको उनको भनाइ थियो। ‘यो जलविद्युत् आयोजना सञ्चालनमा आएको चौध वर्षभन्दा बढी भयो, धेरै मिहेनत र दुःखले घरघरमा बिजुली पुगेको थियो तर बाढी–पहिराले हैरान बनायो, असोजमा पनि पहिराले नहर र ट्याङ्कीमा ठूलो क्षति पुर्यायो, अहिले मर्मत गरिरहेका छौँ,’ अध्यक्ष कुँवरले भने, ‘अब धेरै सहज हुने भयो, गाउँमा बर्खामा पनि बिजुली बल्ने भयो, अब जनताले दुःख पाउने छैनन्, यो लघुजलविद्युत् पनि निर्माण भइरहेको छ, केही समयमै सञ्चालनमा आउने छ।’

अर्का स्थानीयवासी शिवराज कँडेलले स्थानीय हाइड्रोपावर समय–समयमा बिग्रँदा साना तथा मझौला उद्योगीहरू समस्यामा परेकामा अब उनीहरुलाई ठूलो राहत मिल्ने बताए । झन्डै तीन महिनादेखि अन्धकारमा रहेका अधिकारीचौर क्षेत्रका हजारौँ नागरिक केन्द्रीय लाइनले घर उज्यालो बनाउन पाउँदा खुसी बनेको उनको भनाइ थियो। ‘हामीहरु स्थानीय विद्युत्को भरमा वर्षौंदेखि अलमलियौँ, कहिले बल्छ, कहिले जान्छ, धेरै दुःख पाएका थियौँ, गाउँमा विद्युत् नहुँदा यस ठाउँका नागरिक अन्धकारमा बस्नाका साथै सूचना सञ्चारको पहुँचबाट महिनौँ टाढा हुनु परेको थियो,’ कँडेलले भने, ‘अब त्यो समस्या पूर्णरुपमा हट्नेमा हामीहरु विश्वस्त छौँ, एउटा मोबाइल चार्ज गर्न घण्टौँ टाढा पुग्नुपर्ने अवस्था हट्नेछ, गाउँमा कुटानी–पिसानी पनि गर्न पाइने छ।’

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले यहाँका नागरिक महिनौँदेखि अन्धकारमा बस्दै आएको हुँदा तत्काल समस्या समाधान गरिएको बताए । उनले अधिकारीचौर, भैँसीखर्क, नाथुरीमा विद्युत् बलिसकेको र प्याङ्खोला, मस्ती, चौरलगायत ठाउँमा लाइन जडान भइरहेको जानकारी दिए। ती गाउँमा पनि केही दिनमै केन्द्रीय लाइन उपलब्ध गराइने छ। यहाँ विद्युत् विस्तार गर्दा ५० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको उनको भनाइ थियो। यस वर्ष बागलुङमा विद्युत् प्राधिकरणबाट एक करोड र नेपाल सरकारबाट ९३ लाख रुपैयाँ विनियोजन भएककाले जिल्लाको सबै ठाउँमा काम तीव्र रूपमा भइरहेको उनले जानकारी गराए।

प्रमुख मरासेनीले भने, ‘यस क्षेत्रमा मात्रै होइन, जिल्लाभर काम भएको छ, जिल्ला सदरमुकामतिरको भेगमा विद्युतीकरण भइसकेको छ भने अब पश्चिम बागलुङमा मात्रै विद्युत् विस्तार गर्न बाँकी छ, यस क्षेत्रमा पनि पर्याप्त बजेट पर्यो भने आगामी दुई वर्षभित्रमा विद्युतीकरण भइसक्नेछ । हामीहरुले त्यही हिसाबले काम गरिरहेका छौँ ।’ अधिकारीचौर क्षेत्रमा काम भइरहेको र केही हप्ताअगाडि मात्रै यहाँको दुई सय ५० घरमा केन्द्रीय लाइन बलेको पुगेको थियो।

पश्चिम बागलुङका लागि गलकोटमा सवस्टेसन निर्माण गरेर सञ्चालन गरिएको र बुर्तिबाङमा पनि एक सय ३२ केभीको सभ स्टेसन निर्माण भइरहको छ। यस वर्ष ढोरपाटन उपत्यकासम्म केन्द्रीय लाइन पुर्याउने गरी काम तीव्र गतिमा भइरहेको छ। गण्डकी प्रदेशसभा सदस्य द्रोणकुमार कुँवरले यस क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तारका लागि आफू विगतदेखि लागेको बताए। भौगोलिक विकटताका कारण यतिका समयसम्म निसी, भुजी र तमान क्षेत्रमा विद्यतीकरणका लागि आफूले पटक–पटक मन्त्रालय तथा प्राधिकरणका निर्देशकसँग आग्रह गर्दै आएको उनको भनाइ थियो। अहिले गाउँमा केन्द्रीय लाइन बाट बिजुली बल्न थालेपछि यहाँका नागरिकमा खुसी छाएको र दूरदराजका गाउँमा विद्युत् पुर्याउन आफूले सक्दो पहल गर्ने सदस्य कुँबरले जोड दिए। रासस


Read Previous

धनकुटाको चौबिसेमा लिफ्टिङ खानेपानी

Read Next

पोलभाडाको तिर्न बाँकी रकम मिनाहा गर्न ऊर्जामन्त्रीसँग केबल टेलिभिजन व्यवसायीको माग

Leave a Reply

Your email address will not be published.