Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

निफ्राको नाफा ७३ प्रतिशतले बढ्यो


काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) को नाफामा वृद्धि भएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ प्रतिशतले नाफामा वृद्धि गरेको हो। आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म बैंकको नाफा बढेर ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ कमाइ भएको छ। जबकि अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा बैंकले ४४ करोड २६ लाख ४८ हजार नाफा कमाएको थियो ।

पछिल्लो समय बैंकले आक्रामक कर्जा विस्तार गरेसँगै ब्याज आम्दानी बढ्दा नाफा पनि बढ्न गएको हो । ठूला आयोजना, भौतिक पूर्वाधार तथा विकास परियोजनमा लगानी गर्ने उद्देश्यसहति सकारको समेत लगानीमा स्थापित इन्फ्रास्ट्रक्चर बैंकले २०७९ पुस मसान्तसम्ममा कुल १९ अर्ब ८२ करोड ३० लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब ३२ करोड ४९ लाख ४८ हजार रुपैयाँ खुद ब्याज कमाएको छ। गत आवको सोही अवधिमा बैंकले ८ अर्ब १३ करोड ६४ लाख ७८ हजार रुपैयाँ खुद ब्याज कमाएको थियो।

सम्भावित कर्जा नोक्सानीबापत ४ करोड २५ लाख १४ हजार रुपैयाँ छुट्याएको छ। पुस मसान्तमा बैंकको सञ्चालन नाफा १ अर्ब ९ करोड ४५ लाख १५ हजार रहेको छ। २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा तथा सञ्चित कोषमा १ अर्ब ६६ करोड ९६ लाख २० हजार रहेको छ। बैंकले पुस मसान्तसम्म ५७ करोड ७९ लाख ५४ हजार निक्षेप र २ अर्ब २८ करोड २३ लाख १३ हजार रुपैयाँ ऋणपत्रमार्फत स्रोत संकलन गरेको छ। बैंकको प्रकाशित वित्तीय विवरणअनुसार वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ ।


Read Previous

कालंगागाडको विद्युत प्रणालीमा जोडियो, एक सातामा माथिल्लो कालंगागाड पनि जोड्ने तयारी

Read Next

ऋण तिर्न नसक्दा गौतमबुद्ध रंगशालाको कामअघि बढ्न सकेन

Leave a Reply

Your email address will not be published.