Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

चश्मा आयातमा कर घटाउन माग


काठमाडौं । चश्मा व्यापार र व्यवसायमा संलग्न व्यवसायीले यसमा लाग्दै आएको कर घटाउन माग गरेका छन् । सरकारले पछिल्लो समयमा भन्सारमा करमा लगाउने कर बढाउँदै लगेर दोब्बर पुर्याउन लागेको बताउँदै उनीहरुले यसलाई घटाउन माग गरेका हुन् ।

चश्मा होलसेल व्यवसायी संघ नेपालको दोस्रो साधारणसभामा उनीहरुले चश्मा आयात गर्ने प्रकृया पनि लामो भएको तथा कर पनि बढाउँदै लगेको बताउँदै यसलाई सहजीकरण गर्न सरकारसँग माग गरे । उनीहरुले चश्मा व्यवसायीहरुको लागि सहज नीति तथा अहिले भएका प्रक्रियाहरुलाई सरलीकरण गर्नुपर्ने पनि बताए ।

दोस्रो साधारणसभामा नेपाल चेम्बर अफ कमर्शका राजस्व प्रतिनीधि एवं आरबी कम्प्लेक्स व्यापार संघका अध्यक्ष परशुराम दाहाल, चश्मा व्यवसायीका सल्लाहकारद्धय सोवित थापा र विक्रम खड्का, संघका अध्यक्ष सन्तोष दाहाल लगायतले चश्मा व्यवसायीहरुले सहज तरिकाले व्यवसाय पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताए ।

संघका सचिव छबिलाल तिमल्सिनाका अनुसार, हाल चश्माको होलसेल व्यवसायमा आवद्ध ५१ जना संघका सदस्य छन् । संघले चश्मा व्यवसायीहरुको हकहित र उनीहरुलाई समस्या पर्दा समाधानका लागि पहल गर्दै आएको छ ।


Read Previous

कालिन्चोक दर्शनको आइपीओ बिक्री खुला

Read Next

भेरी करिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा

Leave a Reply

Your email address will not be published.