Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

तारकेश्वरमा ४४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुने


काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले गरेको ‘एक घर, एक खानेपानी सहितको धारा’ निर्णयअनुसार चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजना सम्झौता गरिएको हो।

चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म सङ्घीय सरकार, तारकेश्वर नगरपालिका र गोलढुङ्गा वृहत खानेपानी उपभोक्ता समितिको साझेदारीमा ४४ करोड रुपैयाँमा सम्झौता गरिएको तारकेश्वरका नगर प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए। इना फाउण्डेशन र नगरपालिकाको साझेदारीमा आयोजना कार्यान्वयनको चरणमा रहेको उनले बताए।

काठमाडौँ महानगर र तारकेश्वर नगरपालिकाको सहलगानीमा निर्माण गरिने अधेरी खोला, अल्ले मुहान र भण्डारे मुहानबाट खानेपानी वितरणका लागि आवश्यक डिपिआर निर्माण कार्यान्वयनको क्रममा छ ।

तारकेश्वर नगरपालिकाले साहसिक पर्यटन पूर्वाधार विकास गर्न तारकेश्वर नगरपालिका वडा नं ५ मा रहेको भ्यू टावरमा जीपलाइन सेवा, वडा नं ३ मा रहेको कोटडाँडा बञ्जी जम्प र शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको तारकेश्वर महादेव मन्दिरसम्म निजी सरकारी साझेदारीमा केबलकार निर्माण गर्न प्रक्रिया अगाडि बढाएको नगरप्रमुख महर्जनले जानकारी दिए।

नगरपालिकाले चालू आवमा शुद्ध खानेपानीसहितको एक घर, एक धारा, फोहोरमैला व्यवस्थापन, विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धन, सडक बत्ती जडान, सिसि क्यामेरा जडानलाई प्राथमिता दिएको छ।

पूर्वाधार विकासअन्तर्गत नगरपालिकाले चालू आवको पुस २० सम्म चार किलोमिटर सडक कालोपत्रे, एक किलोमिटर ४७४ मिटर सडक ढलान, दुई किलोमिटर ६१३ मिटर सडक स्तरोन्नती, ३३४ मिटर ढल व्यवस्थापन, दुई किलोमिटर २३२ मिटर डिमार्केशन वाल निर्माण सम्पन्न गरिसकेको छ।

यस्तै, नगर उज्यालो कार्यक्रमअन्तर्गत विभिन्न मुख्य सडक तथा भित्रि सडकमा तीन सय ४१ वटा सौर्य बत्ती जडान गरिएको नगरप्रमुख महर्जनको भनाइ छ।

तारकेश्वरभित्रका सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा उपलब्ध गराउने नीति अनुरुप नगरपालिकाको अनुदानमा निर्माण तथा संरचना सुधार अन्तर्गत फुटुङ मावि, मनमैजु मावि, कालीदेवी मावि, सरस्वती आधारभूत मावि, कालिकाशरण मावि, ग्रामीण आदर्श बहुमुखी क्याम्पस र नेपाल राष्ट्रिय कलेजको भौतिक संरचना सुधार अन्तिम चरणमा पुगेको सो नगरपालिकाले जनाएको छ।


Read Previous

सोलार फार्मले २० लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Read Next

नारायणी नदीमा आजदेखि क्रुजसिप चलाइने

Leave a Reply

Your email address will not be published.