Nepal Purbadhar

सडक सञ्जालमा जोडिए कालीकोट र दैलेख


मान्म । कालीकोट र दैलेख एकापसमा सडक सञ्जालले जोडिएका छन् । कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन् ।

दैलेखको सदरमुकाम नारायण नगरपालिका, महावु गाउँपालिका हुँदै कालीकोटको महावै गाउँपालिकाको केन्द्र नजिकै ओदासम्म सडक सञ्जालले जोडिएका छन् ।

नेपाल सरकारले प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डका रूपमा लिइएको यो सडक नेपालगञ्ज, सुर्खेत, दैलेख सदरमुकाम, महाबु, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने सडकका रूपमा लिइएको कालीकोटको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए।

‘यो सडक कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट जुम्ला छोटो मार्ग हो,’ उनले भने, ‘पहिलो पटक ट्र्याक खुलेको छ, स्तरोन्नतिको कामका लागि प्रदेश र सङ्घ सरकारले बजेट विनियोजन गरेका छन् ।’

अब केही दिनमै सडक गाउँपालिका केन्द्र पादमघाट पुग्ने गाउँमा अध्यक्ष सिंहले जानकारी दिए । ‘यसअघि मान्मदेखि सेरावाडा हुँदै भैँसेगौँडाको पुल भएर चिल्खाया हुँदै गाउँपालिका केन्द्र गाडी पुगेका थिए,’ उनले भने, ‘वर्षात्ले भैँसेगौँडा पुल बगेपछि सडक सञ्जालबाट सम्बन्धबिच्छेद भएको थियो ।’

महावै लेकको रक्साडको चट्टान फोडेर यातायातका साधन दैलेखदेखि महावु हुँदै कालीकोटको महावै गाउँपालिका केन्द्र नजिकैको ओदा गाउँ पुगेको नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव चित्रसिंह गाउँलेले जानकारी दिए । ‘ओदा गाउँमा ट्र्याक्टर र बोलेरो गाडी पुगेर गाउँमा उत्साह छाएको छ,’ उनले भने, ‘यो मार्ग निर्माण भएर सडक सञ्जालले नछोेएको महावैमा पहिलो पटक पटक गाडी पुगेको हो ।’

Facebook Comments

Read Previous

पाँचखालका विद्यालयलाई प्रविधिमैत्री सामग्री हस्तान्त्रण

Read Next

५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar