Nepal Purbadhar

इन्टरनेट सेवाप्रदायकको लाइन काटिएकोमा क्यानकाे ध्यानाकर्षण


काठमाडाैं । देशका विभिन्न ठाउँमा इन्टरनेट सेवाप्रदायकको लाइन काटिएकोमा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को गम्भीर ध्यानाकर्षण भएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै क्यानले इन्टरनेट अहिले राज्यको अत्यावश्यक सेवा र मानव अधिकारको रुपमा स्थापित भइसकेको सन्दर्भमा जुनसुकै बहानामा सेवा बन्द हुनु वा बन्द गराउनु गम्भीर विषय भएकाे उल्लेख गरेकाे छ ।

यसबाट सामान्य नागरिकदेखि सार्वजनिक संघसंस्था, उद्योग व्यवसाय तथा सरकार समेतलाई प्रत्यक्ष असर पुग्ने भएकाले सम्बन्धित निकायहरूले यो जटिल परिस्थितिलाई समयमै नियन्त्रण र व्यवस्थापन गर्ने जिम्मेवारी लिर्नेपर्ने उल्लेख गरेकाे छ ।

नेपाल विद्युत प्राधिकरणको पोलभाडा सम्बन्धमा देखिएको विवाद समाधानका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) लगायतका सरोकारवालाबीच तत्काल साझा समझदारी बनाउन क्यानले अनुरोध गरेकाे छ ।

उपभोक्तासँग प्रत्यक्ष जोडिएको विषय भएकाले राज्य र मातहतका निकायबीच तत्काल समन्वय गरी आवश्यक निर्णय/निर्देशन दिई भविष्यमा पुनः यस्ता जटिलता नआउने गरी इन्टरनेट सेवा प्रवाहलाई सहज बनाउन यथाशीघ्र स्पष्ट नीति र निर्देशन तर्जुमा गर्न पनि अनुरोध गरेकाे छ ।

Facebook Comments

Read Previous

इञ्जिनियर नाम दर्ता परीक्षा शुल्क अस्वभाविकः इञ्जिनियर्स एसोसिएसन बाग्मती प्रदेश

Read Next

‘व्यवस्थित र प्रतिष्पर्धी बनाउन विज्ञापन नीति बन्दैछ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar