Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024
मुग्लिन-पोखरा सडक विस्तारः १३ वटा पुल सम्पन्न, एघार निर्माणाधीन    म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण    लक्ष्यभन्दा एक वर्षअघि नै सुनकोसी-मरिण डाइभर्सन परियाेजनाकाे सुरुङ ‘ब्रेक थ्रु’    बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित

होटल व्यवसायी महासङ्घको अध्यक्षमा चुके


चितवन । होटल व्यवसायी महासङ्घको अध्यक्षमा दिनेश कुमार चुके चयन भएका छन् । बुधबार साँझ सम्पन्न महासङ्घको चौँथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरिएको छ । महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा (शेरु), उपाध्यक्षमा (प्रशासन/सङ्गठन)तर्फ वीरमञ्जन बटाला, पर्यटनतर्फ सन्तोष उप्रेती, खुलातर्फ भाइचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तिलकबहादुर कार्की, देवी गौतम र महिलातर्फ धनादेवी चोखाल चयन भएका छन् ।

महासचिवमा तुल्सीराम भण्डारी, उपमहासचिवमा राजेश महोत्रा क्षेत्री, सचिवमा राजु अधिकारी, कलमबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन वली र मित्रप्रसाद ढकाल चयन भएका हुन्। कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा सुदिपकुमार श्रेष्ठ चयन भएको निर्वाचन समितिले जनाएको छ ।

नव निर्वाचित अध्यक्ष चुकेले आफ्नो कार्यकालमा थला परेको होटल व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन काम गर्ने बताए । उनले हेटौँडामा महासङ्घको भवन निर्माण गर्ने, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग उद्योग सरह ब्याज छुटको माग गर्ने, भाडाकोस्थलमा परियोजना कर्जा दिलाउन आवश्यक पहल गर्ने, आन्तरिक पर्यटक प्रवर्द्धनका लागि छुटको कार्यक्रम ल्याउने बताए। महाधिवेशनमा देशभरबाट सात सय भन्दा बढी प्रतिनिधि सहभागी थिए ।


Read Previous

८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक

Read Next

निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने भौतिक पूर्वाधार मन्त्री प्रतिबद्धता

Leave a Reply

Your email address will not be published.